सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७६ मंसिर ८, १२:५४ खबर संवाददाता

कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बन्दी नदी नजिकै नम्बर नखुलेको गाडीले ठक्कर दिदा स्थानीय ३० वर्षीय रामबहादुर रोकायाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठक्कर दिने गाडी र चालकको खोजी कार्य भईरहेको जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ३ वटा गाडी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको र अनुसन्धान भईरहेको जनाएको छ। 

कृष्णपुरमा काकाको घरमा बस्दै आएको रोकायालाई ठक्कर दिदा घाईते भई उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ल्याईएको थियो भने अस्पतालमै उनको मृत्यु भएको थियो। यस्तै सोही गाडीले ठक्कर दिदा पैदल यात्री महाकाली नगरपालिका २ का रामबहादुर ठगुन्ना पनि घाईते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस