सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लघुवित्तको कार्यालयमा बम बिस्फोट

फोटो : सुनिलकुमार लो
फोटो : सुनिलकुमार लो
२०७६ मंसिर १७, १२:११ खबर संवाददाता

कञ्चनपुरमा लघुवित्तको कार्यालयमा बिस्फोट भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा सोमबार राती बिस्फोट भएको हो।

राती करिव १ बजेको समयमा बिस्फोट भएको कञ्चनपुर प्रहरीले जनाएको छ। बिस्फोट भएको लघुवित्तको कार्यालय परिसरमा स्टिलका भाँडाका टुक्रा, कागजका टुक्रा र लामो तार भेटीएको कञ्चनपुर प्रहरीले जनाएको छ। आवाज ठूलो भएपनि कुनै मानवीय तथा भौतिक क्षति नभएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह चन्दले बताए। घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी, थारुवान जनपरिषद समिति कञ्चनपुरको पर्चा भेटीएको छ। जसमा मानसिंह थारु नाम गरेका ब्यक्तिले हस्ताक्षर गरेका छन्।

पर्चामा वित्तीय संस्थाहरुले गरेको दुव्र्यवहारका कारण महिलाहरुले चरम मानसिक तनाव र यौन दुव्र्यवहार खेप्नु परेको लेखीएको छ।

कमेन्ट लोड गर्नुस