गोदावरीमा चोरी मुद्दामा फरार सुमन पक्राउ
२०८१ वैशाख १५, १०:३१
धनगढीः चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–३ का सुमन ताम्राकार शुक्रवार पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले चोरी मुद्दामा ५ दिन कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
तर उनी फरार भएका थिए। उनलाई अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस