सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तीन वर्षमा ६८८ महिला पक्राउ, ८७ अझै फरार

२०८१ वैशाख २२, १२:४० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा महिलाहरु पनि अपराधमा जोडिन थालेका छन्।

कानुन विपरीतका गतिविधिमा महिलाको संलग्नता बढ्न थालेपछि अधिकांश महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध, बैंकिङ कसुर, ठगी, चोरी लगायत अपराधमा संलग्न तर फरार रहेका ६ सय ८८ महिला पक्राउ परेका छन्।

प्रदेशका नौवटै जिल्लाबाट गरी प्रहरीले आर्थिक वर्षदेखि २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म ६ सय ८८ महिलालाई पक्राउ गरेको हो। अपराधमा संलग्न ८७ महिला भने अझै फरार छन्। सो अवधीसम्म प्रहरीले १० हजार ७ सय ४८ पुरुषलाई पक्राउ गरेको छ।

६ सय १६ पुरुष भने अझै फरार छन्। सुदूरपश्चिममा २०७७ सालमा कुल अपराधका तीन हजार १४२ घटना दर्ता भएकोमा तीन हजार एक सय २३ मुद्दाको अन्तिम किनारा लागेको छ। अपराधको मानचित्र २०७८ मा बढेर तीन हजार दुई सय २८ पुगेको थियो।

तीमध्ये दुई हजार ९ सय ६ मुद्दाको मात्र किनारा लागेको थियो भने तीन सय १२ मुद्दा किनारा लाग्न बाँकी थियो। अपराधको संख्या २०७९ मा आएर ह्वात्तै बढेको छ। सो अवधीमा प्रहरीमा तीन हजार पाँच सय ३ मुद्दा दर्ता भएकोमा दुई हजार चार सय ३७ मुद्दाको मात्र अन्तिम टुंगो लागेको छ भने एक हजार ६६ मुद्दा फछ्र्योट हुन बाँकी देखिएको छ।

चालु आर्थिक वर्षको हालसम्म अपराधसँग सम्वन्धित कुल एक हजार ७ सय ७३ मुद्दा दर्ता भएका छन्। तीमध्ये एक हजार ८४ मुद्दाको अन्तिम टुंगो लागि सकेको छ। बाँकी ६ सय ८९ मुद्दाको भने अन्तिम टुंगो लाग्न बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन वर्षे अपराध मानचित्रले देखाएको छ।

कमेन्ट लोड गर्नुस