सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दु परिषद्को वडा समिति गठन

२०८१ वैशाख २२, ०१:२२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा विश्व हिन्दु परिषद्को वडा समिति गठन भएको छ। शनिवार विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षतामा भएको वडा भेलामा स्थानीय  थलराम रिजालजीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा कल्पना चापागाई, सचिवमा गणेशबहादुर बिक, कोषाध्यक्षमा मिश्रिलाल डगौरा तथा सदस्यमा तुलसी भण्डारी, जीवन ओली, पुष्पराज घिमिरे र डम्बरराज जोशी चयन भएका छन्।

पूर्व वडा अध्यक्ष मुरारी अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा समितिका कोषाध्यक्ष अमितकुमार भुजनियाजीले विश्व हिन्दु परिषद्का विषयमा जानकारी गराएका थिए। 
 

कमेन्ट लोड गर्नुस