सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट ३ लाख बढीका सामान बरामद 

२०८१ वैशाख २४, १०:१६ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, धनगढी उपमहानगरपालिका–९ सालघारी, गोदावरी नगरपालिका–४ वनदेबी र भजनी नगरपालिका–९ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ६ हजार ६६० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, नरिवल, बिडी, सुर्ती, पानीपुरी, चियापत्ती, पेय पदार्थ, सिलाई मेशिन, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१०, ११, १७ साइपन नगर नजिक र बेलौरी नगरपालिका–२ खुसा चोकबाट १ लाख १८ हजार ४ सय मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त स्थानबाट प्याज, चिनी, बिडी, मिठाई, खानेतेल, दाल, चप्पल, सुर्ती, बिस्कुट, थान कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस