कैलालीमा आगलागी हुँदा साठी हजार बराबरको क्षति
२०८१ वैशाख २५, ०५:३९
धनगढीः कैलालीमा आगलागी भएको छ।
जिल्लाको जानकी गाउँपालीका–८ का ५५ वर्षीय धनपति साउँदको खरले छाएको गाइगोठमा आगलागी भएको हो। आगलागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ।
आगलागीबाट करीब साठी हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस