सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मातृ सम्मान दिवस, २०८१ मनाइयो

२०८१ वैशाख २७, १०:४३ खबर संवाददाता

धनगढीः धनगढीमा मातृ सम्मान दिवस, २०८१ मनाइएको छ।

दूर नेपाल संस्कृति सेवा समाज धनगढीले ७९ वर्षभन्दा बढी उमेरका आमाहरूलाई सम्मान गर्दै मातृ सम्मान दिवस मनाएको हो।

मातातिर्थ औंसीको अवसरमा मनाइएको मातृ सम्मान दिवसमा ४१ जना आमाहरूलाई सम्मान गरिएको सुदूर नेपाल संस्कृति समाजका अध्यक्ष हेम अधिकारीले बताए।धनगढी–३ को गणेश मन्दिर तथा वडा नम्बर १२ को जुगेडामा आयोजित कार्यक्रममा आमाहरूलाई दोसल्ला, मिठाई र नगद उपहार प्रदान गरेर सम्मान गरिएको हो।

नगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना प्रमुख अतिथि रहेको कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष राजबहादुर ऐर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ब्रह्मलाल पौडेल, शान्ति अधिकारी लगायतका व्यक्तिले कार्यक्रममा आमन्त्रित आमाहरूलाई सम्मान गरेका थिए।

कमेन्ट लोड गर्नुस