सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरलाई विश्व प्रकृति संरक्षण कोषले अवार्ड दिने

२०८१ वैशाख २७, ०९:१० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिने भएको छ। उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ नेपाल) ले संरक्षण अवार्ड प्रदान गर्ने भएको छ।

डब्लूडब्लूएफ नेपालले आफ्नो ३१औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको छ।  १९ मेको दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस