सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

२०८१ वैशाख २८, ०८:०१ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-१ वन गाउँ उत्तरपुरुवा स्थित भित्रि सडक खण्डबाट सोही ठाउँ बस्ने २३ वर्षीय सोनक घर्ति मगर र ३० वर्षीय कमल घर्ति मगरलाई ७५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

यसैगरी गोदावरी नगरपालिका-१ अत्तरिया बजारबाट सल्यान मार्के नगरपालिका-९ बस्ने २२ वर्षीय तिलक रेउलेलाई १ ग्राम १२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। तीनै जनालाई बिहीवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस