सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेट्रान्स कप चौथो खेलमा सुपर स्पोट्र्स क्बल विजयी

२०८१ जेठ ३, ०८:२४ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा जारी भेट्रान्स कप क्रिकेट प्रतियोगिताको चौथो खेलमा सुपर  स्पोट्र्स क्लब विजयी भएको छ।

पिएसफए स्पोट्र्स क्लबको आयोजनामा बुधवारबाट सुरु भएको प्रतियोगिताको बिहिवार साँझ सम्पन्न चौथो खेलमा बुढा बागलाई २३ रनले पराजित गर्दै सुपर स्पोट्र्स क्लब विजयी भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुपर स्पोट्र्स क्लबले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १८५ रन बनायो।

सुपर स्पोट्र्सका लागि सुरेन्द्र पन्तले ८४ रन बनाए भने प्रकाश थापाले ४१ रन बनाए। बलिङमा बुढा बागका शिवराज भण्डारी र जयन्द्र खड्काले ३÷३ तथा आशिष उपाध्यायले २ विकेट लिए। १८६ रनको स्कोर पछ्याएको बुढा बाग १७ दशमलव २ ओभर खेल्दै १६२ रनमा समेटियो। बुढा बागका तर्फबाट सुरेन्द्र भट्टले ७० रन बनाए भने सञ्जिव गौतमले ४० रन बनाए।

बलिङमा सुपर स्पोट्र्सका धन बहादुर चन्द र हिरेन्द्र तिरुवाले ३÷३ तथा सुरज कार्कि र प्रकाश थापाले २÷२ विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुपर स्पोट्र्स क्लबका खेलाडी सुरेन्द्र पन्त म्यान अफ द म्याच घोषित भए। उनले आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गरे। प्रतियोगिता अन्र्तगत शुक्रबार बिहान गुलरिया बुल्स र गेटा ब्लाष्टर तथा दिउँसो बुढा बाग र महेन्द्रनगर ब्वाईज बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस