सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमबिबिएसका विद्यार्थीद्धारा परीक्षा बहिस्कार

२०७६ मंसिर १९, ११:४३ खबर संवाददाता

पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन्। युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्। चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हल गएनन् भने गण्डकी मेडिकल कलेजका विद्यार्थीले एक घन्टा परीक्षामा बसेर प्रश्नपत्र लिई बाहिर निस्केका छन्।

‘परीक्षा नदिने पक्षमा रहेका हामीलाई डर (त्रास देखाएर हलमा छिराइएको थियो,’ एक विद्यार्थीले भने, ‘एक घन्टा हलमा बसेर हामी निस्कियौं।’ एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो। शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन्।

शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन्। बुधबारदेखि सुरू भएको नर्सिङ, फार्मेसी, बिएमआइटीलगायत आठ वटा संकायका विद्यार्थीले पनि परीक्षा बहिस्कार गरेका थिए।
 

कमेन्ट लोड गर्नुस