सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णबैजनाथ क्याम्पसमा तालाबन्दी

२०७६ पुष ९, ०४:३६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेकोे कृष्णबैजनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले क्याम्पसमा ताला लगाएको हो। 

विद्यार्थीहरुले मंगलबार क्याम्पस प्रशासन समक्ष क्याम्पस सञ्चालक समिति गठन हुनुपर्ने, विषयक शिक्षकको तत्काल व्यवस्था गरिनुपर्ने, पोशाक र परिचय पत्रको व्यवस्था गर्न माग राख्दैै तालाबन्दी गरेका हुन।  

विद्यार्थीले क्याम्पसको प्रशासन र क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका छन्।

कमेन्ट लोड गर्नुस