सेती अञ्चल अस्पतालमा डायलसिसका पाँच वटा नयाँ मेसिन सञ्चालनमा (भिडियो सहित)
प्रदेश ७ का डायलसिसका विरामीहरुलाई राहत
सेती अञ्चल अस्पताललमा डायलासिसका थप पाँचवटा नयाँ मेसिन सञ्चालनमा आएका छन् । पुर्व सम्झौता अनुसार काठमाडौंको बिरङ हेल्थ केयर प्रालीले आजदेखि डायलासिसका पाँच वटा मेसिन सञ्चालनमा ल्याएको हो । बिरङ हेल्थ केयर प्रालिका एचआर अनुज थापाले अस्पतालसँगको सम्झौता अनुसार ५ वटा मेसिन जडान गरी आजदेखि डायलासिस सेवा सुचारु गरिएको जानकारी दिए । आज दुवै मिर्गौला खराब भएका डडेल्धुराको पर्शुराम नगरपालिकाका जनक भट्टराईको उपचार गरी सेवा सुरु गरिएको हो । यसअघि सेती अञ्चल अस्पतालमा चार वटा डायलासिस मेसिनबाट सेवा दिदै आएको थियो ।
सरकारले जिल्ला र अञ्चल अस्पतालमा डायलासिस सेवा निःशुल्क गर्ने भने पनि मेसिन र जनशक्ती अभाव देखाउँदै धेरै मिर्गौलाका बिरामीले उपचार नपाएर प्रतीक्षासूची कुर्दै आएका थिए । तर अव भने मिर्गौैलाका बिरामीले उपचारका लागि महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिईएको छ । सरकारले बिरङ हेल्थ केयरलाई एक जनालाई सेवा दिए वापत २५ सय रुपैया दिनेछ भने मेसिन र जनशक्तीको संस्थाले नै व्यवस्थापन गर्नेछ । बिरङ हेल्थ केयर प्रालिका एचआर अनुज थापाले अञ्चल अस्पतालमा १० वर्षसम्म डायलासिस सेवा सञ्चालन गरिने बताए ।