सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुपूमा वर्षालाई अफर, छोडिन् ‘नाई न भन्नु ल ५’

२०७४ चैत्र १, १२:४६

पछिल्लो समय नायिका वर्षा सिवाकोटीको चलचित्र नगरीमा व्यस्तता बढ्दो छ । उनी अभिनित ‘भैरे’ प्रदर्शनको तयारीमा छ भने हाल उनी ‘जय शम्भु’को छायाङ्कनमा व्यस्त छिन् ।

बुधबारमात्र उनी ‘वीर विक्रम २’मा अनुबन्धित भएकी छिन् । अफरको चापसँगै वर्षाले चलचित्र छोड्ने क्रम पनि बढ्दो छ । केही समयअघि उनले ‘रानीमहल’ नामक चलचित्र छोडेकी थिइन् । यति बेला वर्षाले चलचित्र ‘नाइँ न भन्नु ल ५’ छोडेको खबर बाहिरिएको छ ।

वर्षासँग बुझ्न खोज्दा आफूलाई नसुहाउने भूमिकामा अफर गरिएको भएर छोडेको बताइन् ।

चलचित्रमा वर्षालाई नायिका स्वस्तिमा खड्काको फुपूको भूमिकामा अफर गरिएको थियो । सिवाकोटीले आफूसँगै उमेरको नायिकाको फुपू बनेर खेल्न नसुहाउने बताएकी छिन् । चलचित्रमा स्वस्तिमाको आमाको भूमिका अभिनेत्री प्रियंका कार्की देखिन्दैँछन् ।

सिनेपाटीको सहयोगमा

कमेन्ट लोड गर्नुस