सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हो ब्यालेन्स डाइट ?

२०७५ साउन २५, ०७:३८

   ना शरीरका लागि अत्यावश्यक छ । केही समय खान पाएन भने मानिस बाँच्न सक्दैन । तर, ती खानाको प्रयोगमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ । 
खानाको समय, मात्रा, प्रकारमा विशेष ख्याल राख्नुपर्छ । शरीरलाई स्वस्थ राख्न संसारभर सन्तुलित खानाको अभ्यास छ । या भनौँ मानिसले सन्तुलित खानाको प्रयोग गर्न जरुरी हुन्छ । 
चिकित्सकहरू पनि ब्यालेन्स डाइटको प्रयोग गर्न सल्लाह दिन्छन् । तर, अधिकांश मानिसलाई भने ब्यालेन्स डाइटबारे त्यति जानकारी हुँदैन । र, कुन कति मात्रामा खाने भन्ने विषयमा पनि अनभिज्ञ नै हुन्छन् । त्यसैले यस विषयमा विशेष ज्ञान राख्न जरुरी हुन्छ।
के–के पर्छ सन्तुलित भोजनमा ?
-ब्यालेन्स डाइट अर्थात् यस्तो भोजन जसमा भिटामिन, प्रोटिन, फाइबर सन्तुलित मात्रामा हुन जरुरी हुन्छ ।
-यस्ता भिटामिनयुक्त कतिपय खानामा स्याचुरेटेड, ट्रान्स फ्याट र कोलेस्ट्रोलको मात्रा अत्यधिक हुने गर्छ । जसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ ।
-आफ्नो हाडलाई स्वस्थ र बलियो राख्नका लागि तपाईं मदिराबाट टाढा रहन अत्यावश्यक हुन्छ । मदिराको सेवनले शरीरमा क्याल्सियमको मात्रा पुग्दैन र आवश्यक क्याल्सियम हाडबाट लिन सुरु गर्नुपर्छ । जसले गर्दा हाड पातलिँदै जाने गर्छ ।
-दूध, हरियो सागसब्जी, ताजा फलफूल र अन्नलाई नियमित दिनचर्यामा अनिवार्य रूपमा समावेश गर्न आवश्यक हुन्छ ।
-ब्यालेन्स डाइट लिनका लागि वा आहारबाट शरीरलाई स्वस्थ राख्नका लागि फास्टफुडबाट भने टाढै रहनुपर्छ ।
के–के खाने ?
-ताजा फलफूल र सागसब्जीको भरपूर मात्रामा प्रयोग गर्नुपर्छ । यसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । तर, कसैकसैले तरकारीलाई लामो समयसम्म पकाउने, तेलमा तार्ने गर्छन् । यतिसम्म कि एउटा तरकारीलाई पनि पटक–पटक तताउने गर्छन् । यस्तो गतिविधिले भोजनमा भएको शरीरलाई आवश्यक महत्वपूर्ण पौष्टिक तत्व पूरै नष्ट भएर जान्छ ।
-खानाको प्राकृतिक तरिका हाम्रो शरीरको मागअनुसार पोषण पूरा गर्ने सबैभन्दा उत्तम उपाय हो । त्यसैले खानालाई सही तरिकाले खान जरुरी हुन्छ । 
यसका लागि भिटामिन, खनिज र एन्टिअक्सिडेन्टलाई भरपूर मात्रामा प्रयोग गर्नुपर्छ । एन्टिअक्सिडेन्टमा भिटामिन ए, सी, ई, सेलेनियम आदि तत्वयुक्त भोजन पर्दछन् । 
आफ्नो नियमित भोजनमा यस्ता तत्वलाई समावेश गराउँदा रोगप्रतिरोधात्मक क्षमता बढेर जाने गर्छ ।
कसरी शरीरमा ऊर्जा ?
-शरीरलाई ऊर्जावान् बनाइराख्नका लागि प्रोटिनको सबैभन्दा बढी आवश्यक हुन्छ ।
-प्रोटिन प्राप्त गर्न हरेक दिनको सुरुवात टुसाएको गेडागुडीबाट गर्दा अति उत्तम हुन्छ ।
-अंकुरित दालमा अनेक तत्व हुन्छन् । यतिसम्म कि यसले तनावबाट टाढा राख्नुका साथै शरीरमा अम्लको विकास गरी शरीरको रक्षा गर्ने काम गर्छ ।
-टुसाएको गेडागुडीमा प्रोटिनका साथसाथै कार्बोहाइड्रेट, भिटामिन र खनिज पनि हुने गर्छ । जसले पाचन प्रक्रियालाई चुस्त राख्न भूमिका निर्वाह गर्छ ।
-हामीले गेडागुडी र सागसब्जीको पानी पनि पिउन सक्छौँ । किनकि, यसमा रेसा हुँदैन तर इन्जाइम
-यी दुई तत्वले शरीरमा ऊर्जाको मात्रा बढाउन भूमिका खेल्छ । यसका साथै दिनमा ८–१० गिलास पानी पिउनुपर्छ । यसो गर्दा शरीरमा पानीको मात्रा पूर्ति मात्र हुँदैन, डिहाइड्रेसनको समस्याबाट बच्न पनि सहज हुन्छ ।

कमेन्ट लोड गर्नुस