अभिभावकको वेवास्ताका कारण बालबालिका कुपोषित
बझाङमा कुपोषण स्थिति जाँच सम्बन्धि कार्यक्रम जारी रहेकै अवस्थामा हालसम्म एक सय १२ जना बालबालिकामा कडा सिघ्र कुपोषण देखिएको छ । बझाङ जिल्लामा दुई हजार सात सय ९६ जना बालबालिकामा ‘शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ मार्फत कुपोषण स्थिति जाँच गरिएकोमा ११२ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको हो । जाँच गरिएका बालबालिकाहरुमध्ये ११२ जनामा कडा खालको कुपोषण भेटिएकोमा १०५ जना अहिले बहिरङ्ग उपचार केन्द ्र(ओटीसी) मा भर्ना भई उपचारमा रहेको डाक्टर सुनिल गजुरेलले बताए । ‘शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ अन्तरगत बझाङ जिल्लामा नेपाल सरकारले यो कार्यक्रम निशुल्क रुपमा सञ्चालन गरिरहेको छ । यस्तै २ सय ९८ जना बालबालिकामा मध्यम शिघ्र कुपोषण भेटिएको र दुई हजार तीन सय ८६ जनामा सामान्य शिघ्र कुपोषण पाईएको उनले जानकारी दिए ।
कुपोषित बच्चाहरुको उपचारका लागि जिल्ला अस्पताल बझाङ, भातेखोला स्वास्थ्य चौकी, मेलविसौना स्वास्थ्य चौकी, भैरव स्थान झोता स्वास्थ्य चौकी, छान्ना स्वास्थ्य चौकी, लेकगाँउ स्वास्थ्य चौकी, खिरातडी स्वास्थ्य चौकी, रायल प्राथमीक स्वास्थ्य केन्द्र र देउलेख प्राथमीक स्वास्थ्य केन्द्रमा ओटिसी सेन्टर अर्थात बहिरङ्ग उपचार केन्द्र स्थापना गरिएको डाक्टर सुनिल गजुरेलले बताए । कुपोषित बच्चा पत्ता लगाउन कुपोषण अधिकृतहरु गाउँगाउँमा गएर बालबालिकाहरु अभिभावकसँगको समन्वयमा ओटिसी सेन्टरमा बोलाई स्कृनिङ अर्थात कुपोषण स्थिति जाँच गर्ने काम भईरहेको छ । जाँचपछि बच्चामा कुपोषणको स्थिति अनुसार तयार पारिएको उपचारात्मक खाना खुवाउने देखि अस्पताल भर्ना गर्नेसम्म गरिन्छ । नेपाल सरकार मार्फत युनिसेफको आर्थिक सहायतामा आस्मानको प्राविधिक सहयोगमा जिल्लामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
अहिले यो कार्यक्रम बझाङ सँगै सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, बाजुरा र मध्यपश्चिमका डोल्पा, हुम्ला र कालिकोट गरी ७ जिल्लामा सञ्चालनमा रहेको छ । बझाङ जिल्लामा कुपोषणको अवस्था महीला भन्दा पुरुषहरुमा बढी देखीएको यस तथ्याङ्कले देखाएको छ । जसमा एक हजार चार सय ४९ पुरुष र एक हजार ति सय ४७ जना महीलामा कुपोषण देखिएको जनाईएको छ । छोरा मान्छेलाई बढी माया गर्नु बजारको सर सामान छोरीभन्दा बढी छोरालाई दिन, छोरी मान्छेलाई घरमै पाएको अन्न बढी खुवाउनु बजारको सरसामान कम दिनु, लगायतका कारणले बढी जस्तो पुरुषमा कुपोण देखा परेको डाक्टर गजुरेलको भनाई छ । बझाङ जिल्लामा बढी जस्तो गाँउका सर्वसाधारणले छोरी मान्छेमा कुपोषण भएको फेला परे पनि उपचार गर्न नमान्ने प्रमुख चुनौतीका रुपमा देखा परेको छ । विशेष गरेर दौलीचौर, सुर्मा, लेकगाँउ, लगायतका गाविसका अभिभाकहरुले महीलाहरुमा कडा खालको कुपोषण भएको छ ।