अाँखा सिविर सम्पन्न
कञ्चनपुरको कृष्णपुर नगरपालीका वार्ड न ८ मा १ दिने आखा सिविर सम्पन्न भएको छ । जानकी सामुदायिक बन उपभोक्ता समिती र विरेन्द्र सामुदायिक वन उपभोक्ता समितिको सहयोग तथा धनगढी नेत्रालयको प्राविधिक सहयोग सिविर सञ्चालन भएको हो । च्यारिटि हेल्थ फाउण्डेसन नेपालको आयोजनामा सञ्चालन भएको सिविरमा ७ सय ५७ जनाले आँखा परिक्षण गराएको जानकी सामुदायिक वनका सहसचिव चन्द्रप्रकाश भट्टले जानकारी दिए । जसमध्ये ४ सय ९ जना महिला र २ सय ७ जना पुरुषले आँखाको परिक्षण गरिको छ ।
सिविरमा १ सय ३ जनाको अाँखाको सल्यक्रिया गर्नका लागि धनगढी नेत्रालयले निःशुल्क गर्ने गरि रिफर गरिएको छ । सिविरमा २ सय ३५ जनालाई चस्मा र औषधी समेत वितरण गरिएको जानकी सामुदायिक वनका सहसचिव भट्टले वताए ।