एयरफोन प्रयोग गर्दा यी कुरामा ध्यान दिऔं
एयरफोन प्रयोग गर्दा ६०/६० को नियम लागू गर्नुपर्छ । यो भनेको बढीमा ६० मिनेटसम्म र बढीमा ६० प्रतिशत भोलुममा एयरफोनको प्रयोग गर्ने ।
लामो समयसम्म सुन्दा भने कम भोलुमले पनि असर पुरयाउँछ ।
राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ । त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ ।
टाउकोमाथि राखिने हेडफोनको प्रयोग गर्नुपर्छ । किनकि, यसबाट आउने आवाज कानको जालीभन्दा टाढा हुन्छ ।
जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ ।
कहिल्यै पनि एयरफोनलाई साझा रूपमा प्रयोग गर्नुहुँदैन ।
किनकि, साझा प्रयोग गर्दा इन्फेक्सन सर्ने डर हुन्छ ।