कुरूप बनाउने मालेस्मा
मालेस्मा भनेको अनुहार वा शरीरका कुनै अंगमा देखिने दाग हो । यस्तो दागले सौन्दर्यमा आँच आउने गर्छ ।
मालेस्मा भएमा कालो वा खैरो दाग पूरै अनुहारमा देखिँदैन । अनुहारको केही भागमा मात्र यस किसिमको दाग देखा पर्छ ।
मालेस्मा गाला, चिउँडो, लिप्स, मथिल्लो ओठ, नाक हुँदै दुवै गालातिर सरेर जान्छ ।
मालेस्मा घुँडाको काँटी देखिने गर्छ ।
अनुहारमा यस्तो दाग देखिएमा पोल्ने, बिझाउनेजस्ता कुनै समस्या हुँदैन । यसले अनुहार कुरूप बनाउने मात्र काम गर्छ ।
मालेस्माले गर्भवती महिलालाई बढी मात्रामा सताउने गर्छ ।