सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्षयरोग नियन्त्रणका १० उपाय

२०७४ चैत्र १०, ११:२२

नेपाल नागरिकको मृत्यु हुने विभिन्न सरुवा रोगमध्ये क्षयरोग छैठौं स्थानमा परेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ६० हजार भन्दा बढी व्यक्ति क्षयरोगवाट संक्रमित हुने अनुमान गरेको छ भने ४४ हजार भन्दा बढी व्यक्तिहरुमा फोक्सोको क्षयरोग संक्रमण भएको अनुमान गरिन्छ । स्वास्थ्य सेवा विभागको आ.व. २०७२÷७३ को प्रतिवेदन अनुसार क्षयरोगवाट झण्डै ३३ हजार जति फोक्सोको (पल्मोनरी)क्षयरोगका विरामी पाइएका छन् भने झण्डै १८ हजार जति नयाँ र छिपेका क्षयरोगका बिरामी पाइएका छन् । ९ हजार जति फोक्सो बाहिरको (एक्सट्रा पल्मोनरी) क्षयरोगवाट संक्रमित भएका पाइएका छन्  ।

करिब एक हजार जतिको क्षयरोगवाट मृत्यु भएको पाइएको छ। तर सन् २०१६ सम्ममा क्षयरोगबाट झण्डै ६ हजार जति बिरामीको मृत्यु भएको छ । तर क्षयरोगको निदान ७० प्रतिशत मात्र हुने गरेको पाइएकोले पहिचान हुन बाँकी क्षयरोगवाट संक्रमितहरुको संख्या अति धेरै भएको सजिलै अड्कल गर्न सकिन्छ । सन् २००१ देखि  देशभरि प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स) प्रणाली लागु भइसकेको छ, यति महत्वपूर्ण उपचार प्रणाली कार्यान्वयनमा आउँदा पनि क्षयरोगका विरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमी आएको छ।

रोकथामरनियन्त्रण कसरी गर्ने ?
क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो। यसले बालबालिकादेख सवै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ । तर निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथामरनियन्त्रण गर्न सकिन्छ:

१.सूर्ति मिसाएर वनेका कुनैपनि पदार्थ सेवन नगर्ने । शुरु गरेको भए तुरुन्तै छोड्ने ।

२.अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने ।

३.शिशु जन्मनासाथ सकेसम्म चाँडै तर एकवर्ष्भित्र बि.सि.जी खोप दिने ।

४.दुई हप्ता भन्दा लामो समयसम्म खोकी र ज्वरो आउनासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने 

५.स्वास्थ्यकर्मीको परामर्श लिई नियमितरुपमा पूरा समय(६ देखि ८ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने ।

६.औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने । ७.क्षयरोगको औषधिसंगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार अन्य रोगका औषधि सेवन गर्ने ।

८.स्वस्थ जीवन विताउन क्षयरोगीले अनिवार्यरुपमा एच.आई.भी.परीक्षण गर्ने र एच.आई.भी संक्रमितले अनिवार्यरुपमा क्षयरोगको परीक्षण गर्ने ।

९.क्षयरोगका विरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसंग स्याहार, मायाँ–ममता र सरसफाईमा ध्यान दिने ।

१०.सधैं खाइरहने, घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीकारस ख्वाउने ।

स्वास्थ्य खबरपत्रिका

कमेन्ट लोड गर्नुस