खानामै आयुर्वेदिक औषधि
पछिल्लो समय एलोप्याथी अर्थात् आधुनिक चिकित्सातर्फ मानिस तानिएका छन् । यद्यपि, आयुर्वेद पनि उपचारको एउटा गतिलो विधा हो ।
नेपालमा पनि यसको औषधि उत्पादन हुने मात्र नभएर विज्ञहरू पनि प्रशस्त छन् । खासमा आयुर्वेदमा कसरी उपचार हुन्छ त ? एक सामग्री :
के हो आयुर्वेद ?
– करिब पाँच हजार वर्ष पहिले एलोपेथिक चिकित्सा थिएन । त्यतिवेलासम्म आयुर्वेदबाट उपचार गरिन्थ्यो । खासगरी ऋषिमुनि, वैद्यहरूले यसको आविष्कार गरेको मानिन्छ । त्यतिवेला अकुप्रेसरबाट जाँच गरिन्थ्यो । त्यहीबाट रोग पत्ता लगाइन्थ्यो र उपचार गरिन्थ्यो ।
आयुर्वेदले औषधिलाई मात्र भन्दा पनि खानामा समेत विशेष ध्यान दिन्छ । जडीबुटी, फलफूल, कन्दमुल र त्यहीबाट उत्पादन भएको औषधिबाट उपचार गरिन्छ ।
घरायसी खानालाई नै औषधिको रूपमा प्रयोग गर्न सल्लाह दिन्छ ।
जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । खासमा प्रतिरक्षा प्रणाली कमजोर भएर नै मानिसलाई रोग लाग्ने गर्छ । र, आयुर्वेदको औषधि प्रयोग गर्ने वेला माछा–मासुको प्रयोग गर्नुहुँदैन ।
आयुर्वेदिक खाना
– हाम्रै वरिपरि वा हामीले खाइरहेकै खानामा आयुर्वेदिक औषधि हुन्छ । जस्तो कि जामुनको फल । यसले मधुमेहका बिरामीलाई निको बनाउन ठूलो भूमिका खेल्छ ।
– तितेपातीले दमका बिरामीलाई निको पार्ने क्षमता राख्छ । तर, यसको प्रयोग विधि भने जान्नुपर्छ ।
– जंगलमा पाइने अधिकांश खानयोग्य कन्दमुल, फलफूल, सागपातलाई आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
– त्यस्तै मेथी, भ्याकुर, एलोभेरा, बेसार, अदुवा, लसुन, विभिन्न फलफूल आयुर्वेदिकमा पर्छन् ।
कस्ता रोग निको पार्छ ?
– आयुर्वेदिकले क्यान्सरदेखि किड्नीका बिरामीसम्मलाई निको पार्छ । स्विट्जरल्यान्डमा कालो अंगुर र हरियो स्याबाट औषधि पत्ता लगाएको थियो । जसले क्यान्सरलाई निको पार्छ । यसले शरीरका अंगलाई रिजेनेरेट गर्ने काम गर्छ ।
– आयुर्वेदले उच्च रक्तचाप, मधुमेह, कलेजो, मुटु, पेटसम्बन्धी रोग निको पार्ने गर्छ ।
– पेटमा सिस्टहरू पलाएमा पनि आयुर्वेदिक औषधिले निको बनाउने गर्छ ।
– आयुर्वेदबाट प्रायः सबै रोगको उपचार हुने गर्छ । त्यसलाई वैद्यखाना र नरदेवी हस्पिटलले पनि प्रमाणित गरिसकेको छ ।
आयुर्वेद उपचारका फाइदा
– लामो समयदेखि मानिसले एलोप्याथीमा पूर्ण विश्वास गर्दै आएका छन् । तर, एलोप्याथी उपचारको साइड इफेक्ट बढी हुने भएकाले करिब ६० प्रतिशत त आयुर्वेदमा फर्किएका छन् । आयुर्वेदको कुनै पनि साइड इफेक्ट हुँदैन ।
– एलोप्याथीमा जस्तै आयुर्वेदमा पनि सम्बन्धित रोग वा अंगका विशेषज्ञ हुन्छन् । जस्तो कि मुटुको समस्या छ भने मुटु विशेषज्ञले नै जाँच गर्छन् ।
– यदि बच्चादेखि नै आयुर्वेदमा आधारित रहेर उपचार गर्ने हो भने उक्त व्यक्तिलाई भविष्यमा ठूलो रोग लाग्ने सम्भावना एकदमै कम हुन्छ ।
– हामी दैनिक उपभोग हुने खानाबाट उपचार गराउँछौँ । शरीरमा क्याल्सियमको कमी भएमा एक सयभन्दा बढी रोग लाग्छ । त्यसको उपचारका लागि हामीले ज्वानो, बेसार खुवाउँछौँ वा खान सल्लाह दिन्छौँ । अर्थात्, आयुर्वेदको औषधि घरमै पनि हुन्छ ।
– जस्तो कि पोलुसन छ भने त्यसबाट बच्न अत्यधिक पानी पिउन सल्लाह दिन्छौँ । आयुर्वेदबाट निको भएपछि दोहोरिएर त्यही रोगले आक्रमण गर्दैन ।