गर्मीमा लाग्छन् यस्ता रोग
गर्मी मौसममा प्रदूषित खाना, पानी र कीटाणुका कारण बालबालिकामा झाडापखाला, हैजा, फुड प्वाइजनिङ, डेंगु, हेपाटाइटिस, भाइरल फिभर, इन्फ्लुएन्जालगायतका रोग लाग्ने गर्छ ।
हेपाटाइटिस ए, टाइफाइड पनि गर्मीमा हुने प्रमुख समस्या नै हुन् ।
उसो त जुनसुकै समयमा बालबालिकाको स्याहारमा ध्यान दिन जरुरी हुन्छ । किनकि, सबै मौसममा बालबालिकालाई रोगले आक्रमण गर्न सक्छ । यस्तो मौसममा पाँच वर्ष उमेरसम्मका बालबालिका जोखिममा हुन्छन् ।
फोहोर छोएर हात नधोई खाना खाएमा पेटमा कीटाणु प्रवेश गर्छ । वातावरण फोहोर भएको अवस्थामा झिंगाका माध्यमबाट पनि यस्ता कीटाणु मानिसको शरीरमा प्रवेश गर्छ । र, विभिन्न भाइरसले दुःख दिने गर्छ ।