सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मीयाम सुरु भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्यो

२०७५ वैशाख ७, ०३:४४

गर्मीयाम सुरु भएसँगै धनगढीमा आँखा पाक्ने रोगको प्रकोप वढेको छ। आँखाका रोगको प्रकोप बढेपछि आँखा अस्पतालहरुमा विरामीहरुको संख्या वृद्धि हुँदै गएको छ। आँखाको उपचारका लागि आउने मध्ये अधिकांशमा आँखा पाक्ने रोगको संक्रमण देखिएको नेत्र चिकित्सकहरु वताउँछन। आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि यसको उपचारका लागि औषधि प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखामा दैनिक पानी छ्याप्नु पर्ने जस्ता नियमित उपचार गर्न बिरामीलाई नेत्ररोग विशेषज्ञहरुले सुझाव दिएका छन्।

आँखा रोगको प्रकोप बढ्दै गएपछि रोगबाट प्रभावित बिरामी दैनिक रुपमा उपचारका लागि आँखा अस्पताल तथा निजी क्लिनिकमा उपचारका लागि धाउन थालेका छन्। आँखा पाक्ने रोगबाट विद्यालयमा साना विद्यार्थीदेखि, शिक्षक, कर्मचारी, अस्पतालका नर्स तथा सर्वसाधारण समेत प्रभावित भएका छन्। १८ वर्ष मुनिका वालवालिकाहरु सवैभन्दा वढी प्रभावित भएको धनगढी नेत्रालयले जनाएको छ। बिरामीमा आँखा पाक्ने रोगसँगै आँखा चिलाउने, आँखा रातो हुँदै जानेजस्ता लक्षणहरु देखिएका छन्।

मौसम परिवर्तन हुने समय भएकाले आँखा पाक्ने रोगीको प्रकोप बढेको धनगढी नेत्रालयकी नेत्ररोग विशेषज्ञ डाक्टर कविता धाख्वाले बताईन्। यसको उपचारका लागि औषधि प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखामा दैनिक पानी छ्याप्नु पर्ने जस्ता नियमित उपचार गर्नुपर्ने धनगढी नेत्रालयकी नेत्ररोग विशेषज्ञ डाक्टर धाख्वाले बताईन्। आँखा मानव शरिरको अभिन्न अंग हो । आँखाको ज्योती एकचोटी गुमेपछि फर्काउन निकै मुस्किल पर्छ । त्यसैले आँखाको सुरक्षाको लागि तपाई हामी सवैले सर्तकर्ता अपनाउन जरुरी छ। 
 

कमेन्ट लोड गर्नुस