घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
-नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
-घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
-घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
-काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
-घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।
-नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् ।
-पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
-हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् ।
-घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।