डा. केसीको समर्थनमा प्रदेश ७ का स्वास्थ्य संस्था ठप्प
चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनसन बसिरहेका डाक्टर गोविन्द केशीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन प्रदेश ७ मा पनि सबै स्वास्थ्य संस्था ठप्प पारिएको छ। केन्द्रीय सर्कुलर अनुसार प्रदेशका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारिएको नेपाल चिकित्सक संघ प्रदेश ७ का संयोजक प्रमोद जोशीले जानकारी दिए। अस्पतालमा यसअघि भर्ना भएका बिरामीको उपचार र आकस्मिक सेवा दिइरहेको जनाउदै उनले अन्य सबै सेवा ठप्प पारिएको बताए।