सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछाडि पर्स राख्दा हाड बांगिन सक्छ

२०७५ भदौ ६, ०७:३०

  प्रायः मानिसले पर्सलाई पाइन्टपछाडिको खल्तीमा राख्ने गर्छन् । तर, प्रायः मानिसको पर्समा यति धेरै सामग्री हुन्छ कि जसले पर्स मोटो न मोटो हुन्छ ।
 यस्तो पर्सलाई पाइन्टपछाडिको खल्तीमा राखेर बस्दा मांसपेशी र रिढको हाडलाई क्षति पु-याउने गर्छ । जसले न्युरोसम्बन्धी विभिन्न समस्या बढाएर लैजान्छ । 
त्यसैले पछाडिको खल्तीमा पर्स राख्दा भने विशेष सावधानी अपनाउन जरुरी हुन्छ । सकेसम्म पछाडिको खल्तीमा पर्सको नराख्दै राम्रो हुन्छ ।
न्युरोका केही  सहज उपचार
कुनै चोटपटकका कारण टाउकोको पछिल्लो भाग र रिढको हाड जोडिने प्लेट छुट्टिएर जान सक्छ । यस्तो परिस्थितमा उक्त प्लेट जोड्न निकै कठिनाइ हुन्छ । 
यस्तो अवस्थामा कतिपय उपचार गरिहाले पनि त्यसको सफल उपचारको कुनै ग्यारेन्टी हुँदैन । यसबारे अहिले नयाँ प्रयोग हुन थालेको छ । 
डी–प्लेटको डिजाइनबाट निर्माण गरिएको सो डी–प्लेटले टाउको र रिढको हाड ग्यरेन्टीका साथ जोडिने गर्छ । यसरी उपचार गरेपछि हाड छुट्ने सम्भावना अत्यन्त कम हुन्छ ।
यन्डोभास्कुलर विधिबाट दिमागको नसाको विनासर्जरी उपचार गर्न सकिन्छ । विशेषगरी, दुर्घटनाका क्रममा दिमागको नसा फुटेर जाने गर्छ ।
 यस्तो कारणले हुने ब्लिडिङलाई रोक्न सर्जरी गर्न आवश्यक हुन्छ । तर, कैयौँ मानिस यस्तो सर्जरी गर्न अनिच्छुक हुन्छन् । यस्तो अवस्थामा इन्डोभस्कुलर विधिबाट उपचार गर्न पनि सकिन्छ ।
 त्यसका लागि मस्तिष्कको नसासँग सम्बन्ध हुने खुट्टाका धमनी जोडेर गर्न सकिन्छ ।

कमेन्ट लोड गर्नुस