पाठेघर सम्वन्धी स्वास्थ्य शिविर
२०७५ जेठ १९, ०५:५६
कैलालीको गौरीगंगा नगरपालिका–१० मा एक दिने महिलाहरुको पाठेघर सम्बन्धी स्वास्थ्य शिविर भएको छ । गौरीगंगा नगरपालिकाको आर्थिक सहयोग र मानव स्वास्थ्य विकास केन्द्रको आयोजनामा भएको कार्यक्रम वडा अध्यक्ष पदमबहादुर ऐरको अध्यक्षतामा भएको हो ।
नगरपालिकाको लक्षित वर्ग महिला कार्यक्रम अन्र्तगत सञ्चालन भएको शिविरमा एक सय २५ जनाले स्वास्थ्य परिक्षण गरेको नगरपालिकाले जनाएको छ । ग्रामीण समुदायका प्रजनन उमेर समुहका महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा विशेषज्ञ डाक्टर डाक्टर प्रतिक्षा सिंह राठौर लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।
कमेन्ट लोड गर्नुस