सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर ७ का मुटुको भल्व फेरेका विरामीको गुहार कसैले सुनेन, प्रदेश सरकार पनि मौन(भिडियो सहित )

कोही अकालमै ज्यान गुमाउदै, कोही प्यारालाईसीको सिकार बन्दै

२०७५ जेठ ११, ०८:३१

 प्रदेश नम्वर ७ मा मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले आफुहरुको गुहार प्रदेश सरकारले नसुनेको गुनासो गरेका छन् । बिरामीहरूले प्रदेश नम्वर ७ का सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गर्न लामो समयदेखि सहयोगको याचना गरेपनि प्रदेश सरकारले भने उनिहरुको समस्या निराकरण गर्न चाँसो नदिएको हो । सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गरिदिन र मुटुरोग विशेषज्ञ चिकीत्सकको पदपुर्तीका लागि विरामीहरुले प्रदेशको स्वास्थ्य मन्त्रालयदेखि मुख्यमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएपनि उनिहरुको समस्या भने कसैले नसुनेको हो । 

पटक–पटक प्रदेश नम्वर ७ का स्वास्थ्य मन्त्री दिर्घ सोडारी र मुख्यमन्त्री त्रिलोचन भट्टलाई मुटुरोग विशेषज्ञ डाक्टरको पदपुर्ती र सरकारी अस्पतालमै रक्त परिक्षणको व्यवस्थाका लागि गुहार मागेका मुटुको भल्व फेरेका विरामीहरुको समस्या कसैले नसुनेको हो । प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा भल्व फेरेका विरामीले हप्ताको एक पटक गर्नै पर्ने रक्त परिक्षणको व्यवस्था छैन् भने एक जना पनि मुटुरोग विशेषज्ञ डाक्टर छैनन् ।

सोही गुनासो सहित दुई महिनादेखि प्रदेश सरकारका विभिन्न मन्त्रालय धाईरहेका विरामीहरु कसैले चाँसो नदिएको बैतडी सिवनाथका दलसिह साउदले बताए । सरकारी अस्पतालमा मुटुको भल्व फेरेका विरामीलाई रक्त परिक्षणको व्यवस्था नहुँदा विरामीहरुले प्रत्येक हप्ता गर्नु पर्ने परिक्षणका लागि महिनाको १० गते अत्तरीयामा हुने सिवीरका लागि पर्खीनु पर्ने बाध्यता रहेको छ । भल्व फेरेका बिरामीको रगत बाक्लो वा पातलो, दुबै अवस्था खतरा हुने भएकाले रक्त परिक्षणलाई अनिवार्य मानिएको छ ।

नियमीत रक्त परिक्षण गर्न नपाएर धेरैले ज्यान गुमाईरहेका छन् कतिपय प्यारालाईसीसको सिकार बनिरहेका छन् । शल्यक्रिया गरी भल्ब फेरेका बिरामीहरूले बाँचुन्जेल प्रत्येक साता रक्त परिक्षण गर्दै औषधिको मात्रा मिलाइरहनुपर्ने हुन्छ । मुटुमा कृत्रिम भल्ब राखेका बिरामीहरूले नियमित रगत परीक्षण गरी चिकित्सकले औषधि मिलाउनुपर्ने हुन्छ । कृत्रिम भल्बमा रगत जमेर तत्कालै मृत्यु हुन सक्ने जोखिम हुने भएकाले चिकित्सकहरूले यस्ता बिरामीहरूलाई रगत जम्न नदिने औषधि दिइएका हुन्छन् ।

तर प्रदेश नम्वर ७ मा न त रक्त परिक्षणको व्यवस्था छ न त औषधीको मात्रा मिलाउनका लागि एक जना चिकीत्सक नै छन् । प्रदेश सरकारलाई सहयोगका लागि लगातार याचना गरेपनि वेवास्ता गरिएपछि विरामीहरु निराश भएका छन् । रक्त परिक्षणको व्यवस्था प्रदेशभरीका कुनै पनि सरकारी अस्पतालमा नभएपछि गंगालाल हृदय रोग केन्द्रकाको सहयोगमा अत्तरीया स्थीत पुष्पाञ्जली मेडीकलमा प्रत्येक महिनाको १० गते शिविर सञ्चालन हुदै आएको छ ।

अत्तरिया आउने बिरामीको संख्या ५ वर्षअघि ५, ७ जना थियो । उक्त संख्या बढेर अहिले २ सय पुगिसकेको छ । प्रत्येक महिना ८, १० जना अप्रेसनका बिरामी थपिँदै गएका छन् तर प्रदेशका सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था नपाएर विरामीहरु तड्पी रहेका पुष्पाञ्जली मेडीकलका सञ्चालक धनीराम चौधरीले बताए । 
हेलो सिएम कार्यक्रम सञ्चालन गरि ४ घण्टा भित्रै गुनासो सम्वोधनका लागि पहल थाल्ने आश्वासन दिएका मुख्यमन्त्री त्रिलोचन भट्टले मुटुको भल्व फेरेका विरामीहरुको समस्या समाधानमा भने ध्यान दिएका छनैन् । सेती अञ्चल अस्पतालमा रहेको मुटु रोग विशेषज्ञको दरबन्दी पदपुर्तीका लागि पहल भएको छैन् भने अस्पतालमा रक्त परिक्षणको व्यवस्था मिलाउन पनि कसैले चाँसो दिएका छैनन् । 
 

कमेन्ट लोड गर्नुस