विरामी पुर्जा :डाक्टर गोविन्द केसीको जीवन रक्षा गरियोस्
प्रदेश ७ का सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालबाट विरामी पुर्जा काटेकाहरुको उपचार गर्न अस्वीकार गरेका छन। नेपाल मेडिकल एसोसिएशन सुदूरपश्चिम शाखाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि पहल गरियोस् भनी छुट्टै विरामी पुर्जा बनाएर विरामीहरुलाई अस्पताल बाहिरै सेवा दिएको छ । नेपाल मेडिकल एसोसिएसन प्रदेश ७ का अध्यक्ष डाक्टर प्रमोद जोशीले मेडिकल एसोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षा गरियोस भनि आफ्नै विरामी पुर्जा वनाएर बिरामीको उपचार गरिएको जानकारी दिए । उनका अनुसार मंगलबार सेती अञ्चल अस्पतालमा एसोसिएशनको पुर्जा लिएकाहरुको उपचार गरिएको छ भने अन्य स्वास्थ्य संस्थालाई पनि सोही अनुसार सेवा प्रदान गर्न आग्रह गरिएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औँ पटक विगत २५ दिनदेखी अनसनरत डाक्टर केसीको समर्थनमा मेडिकल एसोसिएशनले आफ्नै विरामी पुर्जा बनाएर सेवा दिन थालेको हो ।