प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा तालाबन्दी
बाजुराको उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ मा पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आज विहान तालाबन्दी गरिएको छ । नगरपालिका स्वास्थ्य संयोजक जसिराम विकले मंगलबार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर विजय कुमार शाह सहितका कर्मचारी माथि मदिरा सेवन गरी गाली गलौज र कुटपिट गरेपछि आज विहानबाट स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको हो । कार्यालयमा रहेका कर्मचारीहरुको आकस्मिक बैठकले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।