सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसनेबल देखिन अल्लोको कोट

२०७५ असार २०, १२:५१

   अल्लोलाई प्रायले जाडोको पहिरनका रुपमा बुझ्ने गर्छन् । जुन गलत बुझाइ हो । गर्मी अर्थात् समरमा पनि यसका प्रडक्ट पहिरिन सकिन्छ । किनकि, यसले शरीरको तापक्रम मेन्टेन गर्छ । यो रुखको रेसा वा बिरुवाको पातबाट बनेको हुन्छ र स्वास्थ्यका लागि हाइजेनिक मानिन्छ ।
 अल्लोका कपडा दुई प्रकारका हुन्छन्, एउटा प्युरिफाईबाट बनेको र अर्को शतप्रतिशत अल्लोबाट निर्माण भएको । प्युरिफाईबाट बनेका टिसर्ट पनि नेपाली बजारमा उपलब्ध छन् ।
अल्लोको कपडा विशेष गरी बुनेर तयार पारिन्छ । अल्लोका स्कार्फ, ट्राउजर, क्याप, नेपाली टोपी बजारमा उपलब्ध छन् । यसलाई फेसनेबल र टिपिकल दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
विशेषगरी युवापुस्ताका लागि प्युरिफाई गरी बनेका टिसर्ट र कोट पनि बजारमा उपलब्ध छन् । प्युरिफाई भई बनेको अल्लोका प्रडक्टमा कटन पनि मिक्स गरिएको हुन्छ ।
फेसनका लागि अल्लोको कोट पनि प्रयोग गर्न सकिन्छ । यस्तो कोट युवायुवतीदेखि वृद्धवृद्धासम्मले प्रयोग गर्दा हुन्छ । यसलाई फर्मल र क्याजुअल दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।
यस्ता कोट लेडिज र जेन्स दुवै डिजाइनमा उपलब्ध हुन्छ । यसलाई फेसनेबल लुक्स दिएर निर्माण गर्न पनि सकिन्छ । जसले गर्दा युवापुस्ताका लागि पनि यो निकै उपयुक्त हुन्छ ।
यस्तो कोट टिसर्ट र जिन्स पाइन्टसँग कम्बिनेसन मिलाएर लगाउँदा राम्रो देखिन्छ ।
अल्लोको हाफ कोट पनि बजारमा उपलब्ध छ, जसलाई जरी कोट पनि भन्ने गरिन्छ । यो गर्मीका लागि अझ बढी राम्रो हुन्छ । यस्ता कोटमा कलरलाई फरक–फरक डिजाइन गराई डिफ्रेन्ट लुक्स दिन सकिन्छ । समरमा हाफ कोट नै धेरैको रोजाइमा पर्ने गरेको छ ।
अल्लो प्रायः अफसाइड कलरमा उपलब्ध हुन्छ । यसको कलर हल्का गोल्डेन र डार्क लाइट हुन्छ । प्युरिफाईपछि यसको कलर अलिकति परिवर्तन गर्न सकिने भए पनि लाइटमा चाहिँ हुँदैन ।
अल्लोको कोट रेगुलर युजदेखि अकेजनल्ली पनि प्रयोग गर्न सकिन्छ । यसलाई कल्चरल र नेपालीपन झल्काउन इन्टरनेसनल फोरममा प्रयोग गर्दा पनि हुन्छ । यसबाहेक अल्लोको कोट प्रायः अफिसियल युजका लागि प्रयोग गरिएको हुन्छ ।
यस्ता कोटको मूल्य कम्तीमा ६ हजार रुपैयाँ पर्छ । र, त्यसको डिजाइन र साइजअनुसार १४–१५ हजार रुपैयाँसम्म पर्ने गर्छ ।
लगाउनुका फाइदा
अल्लोको कपडा रेगुलर प्रयोग गर्दा स्किन एलर्जी हुनबाट रोक्ने काम गर्छ । त्यसैले अल्लोका कपडा छालामा छोइने गरी पहिरिँदा निकै लाभदायक हुन्छ ।
अल्लोको कपडामा ठोकिएको वायु निकै स्वस्थकर मानिन्छ । यस्तो वायुले श्वासप्रश्वासमा पनि सहजता प्रदान गर्छ ।
यसले स्किनथेरापीको पनि काम गर्छ । जसका कारण विदेशमा पनि यस्तो कपडा निकै डिमान्डमा पर्ने गर्छ । कोरियामा झ्यालमा पर्दा लगाउन पनि यसको प्रयोग गर्छन् । यसका साथै अल्लोका कपडा अस्ट्रेलिया, युके, युएसलगायतका देशमा पनि निर्यात हुने गर्छ ।

कमेन्ट लोड गर्नुस