माया मेट्रो अस्पतालको सेवा सुरु
धनगढीमा अत्याधुनिक सुविधा सहितको माया मेट्रो अस्पतालको सेवा आजदेखि सुरु भएको छ । विशेषज्ञ चिकित्सक र यस क्षेत्रका केही व्यवसायीहरुको लगानीमा सुविधा सम्पन्न माया मेट्रो अस्पतालले स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
१० करोडको लगानीमा धनगढीको चटकपुरमा अत्याधुनिक चिकित्सकीय सेवा सहितको २५ शैय्याको अस्पताल सञ्चालनमा आएको हो ।
अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्सरे तथा सिटीस्क्यान सेवा, आइसियु, एनआइसियु, पिआइसियु सेवा, वातावरण अनुकूल क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको स्वास्थ्य सेवा अस्पतालले दिईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।