सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुटुको भल्व फेरेका प्रदेश ७ का विरामीले पहिलो पटक सरकारी अस्पतारमा रक्त परिक्षण गर्न पाउने (भिडियो पनि)

सेती अञ्चल अस्पतालमा उपकरण जडान

२०७५ साउन २४, ०९:२७

मुटुको भल्व फेरेका प्रदेश ७ का विरामीले पहिलो पटक सरकारी अस्पतारमै रक्त परिक्षण गर्न पाउने भएका छन् । सेती अञ्चल अस्पतालले मुटुको भल्व फेरेका विरामीले साप्ताहीक रुपमा गर्नै पर्ने रक्त परिक्षणको सेवा सुरु गरेको हो । प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा मुटुको भल्व फेरेकाहरुलाई रक्त परीक्षणको व्यवस्था नहुँदा विरामीको विचल्ली भएको समाचार दिनेश खवरमा निरन्तर प्रकाशन भएको थियो ।

सेती अञ्चल अस्पतालले झण्डै २ लाखको लगानीमा मुटुको भल्व फेरेका विरामीको रक्त परिक्षणका लागि आवश्यक पिटी आईएनआरको व्यवस्था गरेको हो । भल्व फेरेका विरामीको चाप बढ्दै गएको र रक्त परिक्षणमा सहज पहुँच नभएका कारण प्यारालाईसीसको सिकार बन्नुपर्ने र अकालमै ज्यान गुमाउन पर्ने बाध्यता रहेको थियो ।

सोही बाध्यतालाई मध्यनजर गर्दै सेती अञ्चल अस्पतालमा रक्त परिक्षणको व्यवस्था गरिएको सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताए । सरकारी अस्पतालमा भल्व फेरेका विरामीहरुले रक्त परिक्षण गर्ने उपकरण नभएपछि निजी अस्पतालमा महङगो शुल्क तिरेर रक्त परिक्षण गर्नुपर्ने बाध्यता रहेको थियो ।

उनिहरुले कम्तीमा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टर र जिल्ला अस्पतालमा रक्त परिक्षणका लागि उपकरण राख्ने व्यवस्था गरिदिन माग गर्दै आएका थिए । सो माग पुरा नभएपनि अहिलेका लागि सेती अञ्चल अस्पतालमा रक्त परिक्षणको सेवा सुरु भएको छ । सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था नहुँदा प्रदेश नम्वर ७ का विरामीले प्रत्येक महिना कैलालीको अत्तरीयामा हुने माषिक शिवीरका लागि पर्खीनुपर्ने हुन्थ्यो भने ७ सय शुल्क पर्ने गरेको थियो ।

अव सेती अस्पतालले २ सयमै रक्त परिक्षण गर्ने अस्पतालको प्रयोगशाला ईन्चार्ज रमेश शाहीले बताए । पहिलो पटक प्रदेशभरीमा सरकारी स्वास्थ्य सस्थाबाट रक्त परिक्षणको सेवा पाउने भएपछि मुटुको भल्व फेरेका विरामी खुसी भएका छन् । मुटुको भल्व फेरेका विरामी धर्मसिह धामीले अव अन्य जिल्ला अस्पतालमा पनि सेवा सुरु हुनपर्ने बताए । 

तिर्न बर्ष अगाडी सृजना गरिएको मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी अझै रिक्त

२८ लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ मा एक जना मुटुरोग विशेषज्ञ चिकित्सक पनि नहुँदा मुटुको भल्व फेरेका विरामीहरु परिक्षणका लागि फेरी अन्यत्रै जानुपर्ने भन्दै चिन्तामा छन् । प्रदेशको रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा सरकारले ३ बर्षअघि मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी सृजना गरेको थियो । तर दरबन्दी सृजना भएदेखि नै अहिले सम्म रिक्त छ ।

भल्व फेरेका बिरामीको रगत बाक्लो वा पातलो, दुबै अवस्था खतरा हुने भएकाले रक्त परिक्षणलाई अनिवार्य मानिएको छ । यस्ता बिरामीहरूका लागि बाचुञ्जेल रगत नजम्ने औषधि चलाइएको हुन्छ । तर  औधसीको मात्रा मिलाउनका लागि भने अझै मुटुरोग विशेषज्ञ डाक्टरको पर्खाइ भने जारी छ । 
 

कमेन्ट लोड गर्नुस