मुटुको भल्व फेरेका बिरामीद्वारा तेश्रो पटक प्रदेश सरकार समक्ष गुहार
प्रदेशभरी मुटुरोग विशेषज्ञ डाक्टर र रक्त परिक्षणको व्यवस्था नुहुँदा अकालमै ज्यान गुमाउन पर्ने बाध्यता
अकालमै ज्यान गुमाउन पर्ने बाध्यता हटाउनका लागि प्रदेश नम्वर ७ मा मुटुको भल्व फेरेका विरामीहरुले तेश्रो पटक प्रदेश सरकार समक्ष गुहार गरेका छन् । प्रदेश नम्वर ७ मा मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले तेश्रो पटक गुहार गरेपनि प्रदेश सरकारले नसुने झै गरेको हो । बुधवार तेश्रो पटक मुख्यमन्त्री त्रिलोलन भट्ट र सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई भेट्दै मुटुको भल्व फेरेका विरामीले अकालमै ज्यान गुमाउन पर्ने बाध्यता हटाईदिन गुहार गरेका हुन् ।
बिरामीहरूले प्रदेश नम्वर ७ का सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गर्न लामो समयदेखि सहयोगको याचना गरेपनि प्रदेश सरकारले भने समस्या निराकरण गर्न चाँसो नदिएको मुटुको भल्व फेरेका विरामी धर्मसिह धामीले बताए । उनीहरुले यसअघि सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गरिदिन र मुटुरोग विशेषज्ञ चिकीत्सकको पदपुर्तीका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि मुख्यमन्त्रीलाई २ पटक ज्ञापन पत्र बुझाईसकेका छन् भने धेरै पटक भेटेर अनुरोध पनि गरेका छन् ।
मुख्यमन्त्री भट्टले बुधवार मुटुरोगीको समस्या ठुलो भएकाले भन्ने वित्तीकै समाधान नहुने प्रतिक्रीया दिएको विरामीहरुले बताएका छन् । सामाजिका विकास मन्त्री दिर्घ सोडारीले मुटुरोग विशेषज्ञ डाक्टर यो क्षेत्रमा आउन नमान्ने र डाक्टर नभए रक्त परिक्षणको मेसीन ल्याएर पनि काम नहुने प्रतिक्रीया दिए ।
प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा भल्व फेरेका विरामीले हप्ताको एक पटक गर्नै पर्ने रक्त परिक्षणको व्यवस्था छैन् भने एक जना पनि मुटुरोग विशेषज्ञ डाक्टर छैनन् । सरकारी अस्पतालमा मुटुको भल्व फेरेका विरामीलाई रक्त परिक्षणको व्यवस्था नहुँदा विरामीहरुले प्रत्येक हप्ता गर्नु पर्ने परिक्षणका लागि महिनाको १० गते अत्तरीयामा हुने सिवीरका लागि पर्खीनु पर्ने बाध्यता रहेको छ ।
भल्व फेरेका बिरामीको रगत बाक्लो वा पातलो, दुबै अवस्था खतरा हुने भएकाले रक्त परिक्षणलाई अनिवार्य मानिएको छ । नियमीत रक्त परिक्षण गर्न नपाएर धेरैले ज्यान गुमाईरहेका छन् कतिपय प्यारालाईसीसको सिकार बनिरहेका छन् ।