यसरी गरिन्छ पिलोक्सन एक्सरसाइज
नेपालका लागि पिलोक्सन एक्सरसाइज नयाँ हो । भर्खर–भर्खर यस्तो एक्सरसाइजको सुरुवात हुन थालेको छ । जुम्बाभन्दा हार्ड र जिमभन्दा सफ्ट एक्सरसाइज हो, पिलोक्सन । विशेषगरी विकसित मुलुक जस्तै– अमेरिका, बेलायत, कोलम्बियाल गायतका ५० देशमा यस्तो एक्सरसाइज लोकप्रिय छ । यसरी गरिन्छ पिलोक्सन
– पिलोक्सन डान्स, पेलान्टिक र बक्सिङका बेसिक स्टेपहरूको मिक्स गरेर गरिने एक्सरसाइज हो । जुम्बा रोमान्टिक खालको एक्सरसाइज हो । तर, पिलोक्सन भने फिटनेसमा अलि बढी फोकस हुन्छ । तर, पिलोक्सन पनि जुम्बाजस्तै गरी म्युजिकमै एक्सरसाइज गरिन्छ । यो जुम्बाभन्दा प्रभावकारी हुन्छ । जुम्बामा बिट फरक हुन्छ भने पिलोक्सन एउटै बिटमा ३० मिनेटसम्म एक्सरसाइज गरिन्छ ।
– तीनवटा ब्लक बनाई पिलोक्सन गरिन्छ । पहिलो ब्लकमा बक्सिङ र पेलान्टिकका बेसिक स्टेपहरू हुन्छन्, जुन सहज तरिकाले गर्न सकिन्छ । दोस्रो ब्लकमा चाहिँ बक्सिङ र पेलान्टिकका बेसिक स्टेपहरू अलि हार्ड तवरले गरिन्छ । तेस्रो ब्लकमा चाहिँ बक्सिङ र पेलान्टिकका बेसिक स्टेपहरू झनै बढी कडा हुन्छ ।
– अन्तिममा कुलडाउन एक्सरसाइज गरिन्छ । जसले हार्ड एक्सरसाइजपछि पनि नर्मल अवस्थामा आउन सजिलो पार्छ । सुरुको अवस्थामा ल्याउन यो एक्सरसाइज सिकाइन्छ ।