यसरी घरमै तयार पार्न सकिन्छ हेल्दी बर्गर
पछिल्लो समय बर्गरको प्रचलन बढ्दो छ । तर, रेस्टुरेन्टमा पाइने बर्गर अस्वस्थकर पनि हुन सक्छ ।
यसबारे सचेत हुनुपर्छ । उसो त यसलाई घरमै तयार पारेर पनि खान सकिन्छ । यसरी तयार पार्नुस् स्वस्थकर बर्गर :
आवश्यक सामग्री
– चारवटा बर्गर बन्स,
– एक कप उमालेको मसुर,
– एक ठूलो चम्चा तेल,
– एउटा प्याज,
– एउटा हरियो खुर्सानी,
– गाँजर– १,
– स्वादअनुसारको नुन,
– दुईवटा उसिनेको आलु,
– काटेको लसुन एक ठूलो चम्चा,
– भात एकचौथाइ गिलास,
– डेढ चम्चा ब्रेड क्रिम,
– दुई चम्चा पुदिनाको अचार,
– आधा कप दही,
– एउटा टमाटर,
– ५–६ वटा लेटसको पात,
पकाउने विधि
– पहिला स्टिल प्यानमा तेल तताउनुस् । त्यसमा प्याज, हरियो खुर्सानी, लसुन, गाँजर र नुन राखेर दुई–तीन मिनेटसम्म फ्राई गर्नुस् ।
– एउटा बाउलमा मसुर, आलु, चामल र नुनको राम्रोसँग मिश्रण बनाउनुस् र फ्राई गरेको सामग्रीमा मिसाउनुस् ।
– त्यसमा ब्रेडक्रिम पनि मिसाउनुस् । र, यस्तो मिश्रणलाई रोटीको आकार दिनुस् । त्यसपछि बर्गर बन्सलाई आधा–आधा काट्नुस् र टोस्ट गर्नुस् ।
– त्यसपछि फेरि प्यानमा तेल तताउनुस् । र, सबैलाई फ्राई गर्नुस् । त्यसलाई राम्रोसँग पकाउनुस् । अनि उतारेर अब्जरभेन्ट पेपरमा राख्नुस् ।
– त्यसपछि पुदिनाको चटनी र दहीलाई मिलाउनुस् र टमाटरलाई गोलो स्लाइसमा काट्नुस् । अनि हरेक तल्लो र माथिल्लो आधा– आधा भागमा दही र पुदिनाको मिश्रण लगाउनुस् ।
अनि लेटसको दुईवटा पात राख्नुस् । अनि दुई–तीन टमाटरको स्लाइस राख्नुस् । त्यसपछि तयार पारेको मिश्रण राखेर आधा काटेको विन्सले ढाक्नुस् । त्यसैगरी, अर्को बर्गर पनि तयार पार्नुस् ।