सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी हट्छ दाँतको पहेँलोपन

२०७५ भदौ ८, ०७:४७

 दाँतको पहेँलोपन मानिसका लागि सजाय नै साबित हुन्छ । यही कारण कतिपय मानिस महत्वपूर्ण ठाउँमा समेत सहभागी नहुने गर्छन् ।
कतिपय भने यसकै कारण कैयौँ मानिससँग खुलेर कुरा गर्नसम्म हिच्किचाउँछन् । यतिसम्म कि हाँस्दासमेत मुखमा हात राख्नुपर्ने बाध्यता हुन सक्छ । तर, दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । 
जसमा बढी चिया, कफी, तम्बाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यस्तो समस्याको सजिलैसँग घरमै उपचार गर्न पनि सकिन्छ ।
नरिवलको तेल
नरिवलको तेलका फाइदाबारे निकै सुन्नुभएको छ होला । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । 
त्यति मात्र होइन, यसको प्रयोगले केही छिनमै आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । 
यसका साथै टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गर्न सकिन्छ ।
कागती
दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागतीको पनि सहारा लिन सकिन्छ । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।
बेकिङ सोडा
बेकिङ सोडाको प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुने गर्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ ।
 यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । यदि चाहनुहुन्छ भने बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्न सक्नुहुन्छ ।

कमेन्ट लोड गर्नुस