सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् महिलाले अपनाउनुपर्ने सावधानी

२०७५ साउन १३, ०९:०४

 महिला बायोलोजिकल रूपमा पुरुषको तुलनामा कमजोर हुन्छन् । महिलालाई बच्चा जन्माउने, महिनावारीलगायतका समयमा विभिन्न समस्या देखा पर्न सक्छ । 
त्यसैले महिलाले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्न जरुरी हुन्छ । 
बिहेअघि
टिनएजका महिलाले महिनावारीका समय हाइजिनमा विशेष ख्याल राख्न जरुरी हुन्छ । यस्तो वेला देखिएको सामान्य समस्याले पनि ठूलो रूप लिन सक्ने भएकाले त्यसलाई बेवास्ता नगरी डाक्टरसँग सहकार्य गर्न आवश्यक हुन्छ ।
महिनावारीका समयमा इन्फेक्सनको खतरा बढी हुन्छ । जसले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पु-याउँछ । जस्तो कि यस्तो इन्फेक्सन बढेर पाठेघरसम्म पुग्न सक्छ र पछि पेट दुखिरहने, चाहेको वेला बच्चा नहुनेलगायतका समस्या निम्तिन सक्छ ।
बिहेपूर्व नै कतिपय युवतीले आइपिलजस्ता चक्कीको सेवन गरेको प्रशस्त उदाहरण पाउँछौँ । एक त बिहेअघि शारीरिक सम्बन्ध नराखेको राम्रो, यदि राखिहाले पनि यस्तो चक्कीको सेवन गर्नुहुँदैन ।
यसको सेवनले महिनावारीमा समस्या निम्त्याउने, अनवान्टेड प्रेग्नेन्टलगायतको समस्या हुन सक्छ । यो चक्की खाँदैमा बच्चा बस्दैन भन्ने शतप्रतिशत ढुक्क हुँदैन र बच्चा बसिहालेमा गलत तरिकाले एबोर्सन गर्दा स्वास्थ्यमा थप खतरा उत्पन्न हुन्छ ।
यस्ता चक्कीको प्रयोगले बाँझोपनको समस्यासमेत निम्तिन सक्छ ।
बिहेअघि नै गर्डासिल खोप लिँदा राम्रो हुन्छ । जसले पाठेघरको क्यान्सर हुनबाट रोक्ने काम गर्छ । ९ वर्षको उमेरदेखि नै यस्तो खोप लिन सकिन्छ । यस्तो खोप ६ महिनाको अवधिमा तीनपटक लिएमा जीवनभरि पुग्छ । यस्तो खोप शारीरिक सम्पर्कअघि नै लिँदा थप प्रभावकारी हुन्छ ।
बिहेपछि बिहेपछि उपयुक्त पारिवारिक योजना हुन जरुरी हुन्छ । सकेसम्म अनवान्टेड प्रेग्नेन्सीको समस्यामा फस्नु हुँदैन । कतिपय अवस्थामा नचाहँदानचाहँदै पनि गर्भ रहन सक्छ । त्यसैले त्यस्ता गर्भनिरोधक औषधिको प्रयोग गर्नुहुँदैन, जसले बच्चालाई असर पार्छ । यसो गर्दा बच्चा बसिहाले पनि बच्चा र आमालाई त्यस्तो ठूलो असर पर्दैन ।
बिहेपछि वर्षमा एकपटक अनिवार्य रूपमा डाक्टरकहाँ गएर परीक्षण गर्न जरुरी हुन्छ । यसो गर्दा सम्भावित खतराबाट बच्न सकिन्छ ।
महिनैपिच्छे आफैँ पनि ब्रेस्ट चेक गर्न जरुरी हुन्छ । यसरी स्तनमा कुनै गिर्खा आएको छ भने डाक्टरको सल्लाह लिइहाल्नुपर्छ । नत्र, त्यसैले क्यान्सरको रूप पनि धारण गर्न सक्छ ।
मल्टिपल सेक्स पार्टनर गराउनुहुँदैन । चाहे त्यो महिला होस् वा पुरुष नै किन नहोस् । यसरी मल्टिपल सेक्स पार्टनर हुँदा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढेर जान्छ ।
सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गार्डासिल खोप लिएको छैन भने लिन जरुरी हुन्छ । खासगरी बिहेपछि बच्चा जन्माएर स्थायी बन्ध्याकरण गर्दा राम्रो हुन्छ ।
महिनावारी  सुकेपछि
महिनावारी सुकेका महिलामा हाडसम्बन्धी समस्या बढी देखिन सक्छ । यस्तो वेला हाड खिइने सम्भावना हुन्छ । त्यसैले दूध, दही, माछालगायतका खानालाई सन्तुलित रूपमा प्रयोग गर्न जरुरी हुन्छ ।
यो अवस्थामा पनि नियमित स्वास्थ्य जाँच गर्न आवश्यक हुन्छ । र, परीक्षणमा हाड कमजोर भएको पाइएमा त्यहीअनुसारको उपचारमा लाग्नुपर्छ ।
यो उमेरमा हाड भाँचिने सम्भावना पनि बढी हुन्छ । यस विषयमा पनि विशेष सचेतता अपनाउन आवश्यक हुन्छ ।

कमेन्ट लोड गर्नुस