सुदूर नेपाललाई विश्वसँग जोड्दै

रस्टुरेन्टमा छिर्दा यी कुरामा ध्यान दिनुहोस्

२०७५ असार ७, ०८:५१

 रेस्टुरेन्टमा खाना/खाजा खाने नेपालीको बानी बनिसकेको छ । सहरमा घरैपिच्छे रेस्टुरेन्ट छन् । तर, जुन पायो त्यही रेस्टुरेन्टमा खाना खाँदा स्वास्थ्यमा गम्भीर असरसमेत पर्न सक्छ ।
रेस्टुरेन्ट छनोटमा विशेष ध्यान दिन आवश्यक हुन्छ । किनकि, कतिपय रेस्टुरेन्टमा अस्वस्थकर खाद्यपदार्थ, बढी चिल्लो र बासीसमेत हुन सक्छ । जसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । त्यसैले विचार गरेर मात्र रेस्टुरेन्ट प्रवेश गर्नुपर्छ ।
रेस्टुरेन्टमा बन्ने अधिकांश खाद्यपदार्थमा मिसावट हुन्छ । त्यसैले अर्गानिक प्रडक्ट बनाउने रेस्टुरेन्टमा खाने बानीले स्वास्थ्यमा हुने हानिबाट बच्न सकिन्छ । रेस्टुरेन्टमा खानुहुन्छ भने सबैभन्दा बढी ध्यान त्यहाँको सरसफाइ र पानीमा दिनुपर्छ ।

कमेन्ट लोड गर्नुस