सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामो समयसम्म अलपत्र परेको प्रादेशिक आयुर्वेदिक अस्पतालको काम तिव्र गतिमा (भिडियो रिर्पोट सहित)

काम सुरु गरेको चार महिनामा २५ प्रतिशत भौतिक प्रगति

२०७५ असार २९, ०५:३२

निर्माणको काम सुरु गरेको चार महिनामा प्रादेशिक आयुर्वेदिक अस्पतालको २५ प्रतिशत भौतिक प्रगति भएको छ । पुस १३ गते निर्माणको सम्झौता गर्दै गौरी पार्वती एमके जेभीले फागुन अन्तिम सातादेखि आयुर्वेदिक अस्पताल निर्माणको काम थालेकोमा हाल आएर एक चौथाई भौतिक प्रगति भएको हो । निर्माण कार्य तिव्र गतिमा भएका कारण यो आर्थिक वर्षको वजेटमा थप रकम रकमान्तर गर्दै निर्माण व्यवसायीलाई भुक्तानी दिईएको छ । यो वर्ष एक करोड मात्रै वजेट रहेकोमा तीन करोड थप गर्दै निर्माण व्यवसायीलाई चार करोड रकम भुक्तानी दिईएको छ । ढाई वर्षको निर्माण अवधि रहेकोमा समय सीमाभन्दा ६ महिना अगाडी नै काम सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले राखेको छ । 

फागुन अन्तिम सातादेखि धनगढीको राजपुरमा ५० शैयाको क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माण सुरु भएकोमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको हो ।  धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा ५० शैयाको आयुवेदिक अस्पतालको निर्माण सुरु भएको चार महिनामा एक चौथाई भौतिक प्रगति भएको हो ।  अस्पतालको भवनका लागि जग र त्यसको फाउन्डेसनको सवै काम सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख रविन्द्र वोहोराले जानकारी दिए । मुल्य अभिवृद्धि कर वाहेक झण्डै १६ करोडको लगानीमा ३ वटा भवन निर्माणका लागि गौरी पार्वती एमके जेभीले ठेक्का सम्झौता गरेर निर्माणको काम गरिरहेको छ । जग्गा प्राप्तिमा विवाद भएपछि लामो समयदेखि अलपत्र परेको क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माणको काम सुरु गर्न सुरुवातमा रुख भएका कारण केही कठिनाई भएको थियो भने अहिले मजदुर अभावले पनि अझ काम गर्नलाई केही समस्या भईरहेको छ । तर निर्माणको काममा समस्या आउन नदिनका लागि स्थानीय वासिन्दाहरुले पनि सहयोग गरिरहेको आयुर्वेद अस्पताल विकास समितीका अध्यक्ष भोजराम रानाले वताए । 

प्रादेशिक आयुर्वेदिक अस्पताल अन्तरगत ३ वटा भवन निर्माणका लागि निर्माण व्यवसायीलाई ३० महिनाको समय दिईएको छ । अहिले प्रदेश नम्वर ७ मा आयुर्वेदको अस्पताल नरहेका बेला पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना गर्नका निर्माण कार्य गरिरहेको निर्माण कम्पनीको काम सन्तोषजनक नै देखिएको छ । २५ प्रतिशत भौतिक प्रगति हुन नसक्ने भन्दै वहु वर्षीय योजनाका लागि एक करोड रकम मात्रै विभागले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलाई पठाएको थियो । तर काम सोचेभन्दा वढी गरिएका कारण थप रकम रमान्तर गर्दै निर्माण कमपनीलाई चार करोड भुक्तानी पनि दिईएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख वोहोराले जानकारी दिए । 

प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिनेछन । यसले प्रदेश नम्वर ७ का विरामीहरुलाई आयुवेदिक चिकित्सा मार्फत उपचारको सेवा पाउनेछन । निर्माण कम्पनीको निर्माण गरिसक्नुपर्ने समय २०७७ को असार १२ गतेसम्मलाई छ । तर निर्माण व्यवसायी चन्द्र शाहका अनुसार लक्ष्यभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न गराउने लक्ष्य राखिएको छ । निर्माण समयभन्दा जति अगाडी प्रादेशिक आयुर्वेदिक अस्पताल सम्पन्न हुन्छ, त्यही आधारमा दिनको कम्तिमा पनि ८० हजारकादरले निर्माण कम्पनीले वोनस पाउनेछ । त्यही भएर पनि निर्माण कार्य समय सीमाभन्दा पहिले नै सिद्धाउने पक्षमा निर्माण कम्पनी देखिएको छ । 

कमेन्ट लोड गर्नुस