सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्रतालु महिलाले कस्तो ड्रेस लगाउने ?

२०७५ साउन ६, ११:१०

 साउन महिनालाई धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
 विशेषगरी साउनको सोमबार भगवान् शिवको विशेष पूजाआजा गर्दै शिवजीको व्रत बस्ने एवं पूजा गर्ने चलन छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा छ । 
यसरी विवाहित तथा अविवाहित महिला व्रत बस्ने गर्छन् । कामकाजी महिला पनि यो मान्यता राखेर पूजाआजा तथा व्रत बस्ने गरेका छन् । 
त्यस्ता महिलाका लागि परम्परागत पहिरन (साडी) अलि झन्झटिलो हुन सक्छ । त्यसको विकल्पमा लगाउन सकिने पहिरन यस्ता छन् :
पहिरनको डिजाइनमा फरक पार्ने भनेको हातको बाहुलाले पनि हो । कतिपय पहिरन शरीरमा लगाउने भाग साधारण भए पनि बाहुलाको स्टाइल फरक–फरक आउँछ ।
यो साउन महिनाका लागि हातमा चुरा तथा मेहेन्दी लगाइने भएकाले बाहुलाको स्टाइलमा ध्यान दिन जरुरी छ । जस्तै अहिले लगाउन सकिने बाहुलाको स्टाइल डबल अम्रेला, बेली स्लिप भएका कुर्तीहरू लगाउँदा यसले क्लासिक लुक दिन्छ ।
लङ कुर्ती, लङ स्कर्ट
लङ कुर्ती, लङ स्कट अहिले चलेको स्टाइलमध्ये एक हो । यो धेरै महिलाको रुचिमा पर्ने स्टाइल हो । यसलाई कलर कम्बिनेसन गरेर लगाउन सकिन्छ । 
कुर्ती हरियो, स्कर्ट पहेँलो, रातो वा कालो लगाउन सकिन्छ । अथवा कुर्ती गहिरो हरियो र स्कर्ट हल्का हरियो कलरको लगाउँदा पनि हुन्छ ।
यो विवाहित एवं अविवाहित दुवैका लागि उपयुक्त मानिन्छ । साउन धार्मिक, सांस्कृतिकसँगै वर्षाको महिना पनि हो ।
 त्यसैले लङ कपडाले झरी पर्दा समस्या होला भन्ने प्रश्न उठ्ला । तर, अहिले गोलीगाँठोभन्दा माथिसम्मको लम्बाइ भएको डिजाइन चलेको छ ।
पहिलाको जस्तो कुर्कुच्चा अथवा स्यान्डल छोपिने गरी लामो लगाउने चलन छैन । त्यसैले वर्षामा पनि खासै समस्या हुँदैन ।
अम्रेला कुर्ता र पाइन्ट
पछिल्लो समय आएको यो नयाँ स्टाइल हो । विशेषगरी युवतीहरूको रोजाइको डिजाइन बन्दै गएको छ । यद्यपि महिलाले पनि लगाउन सकिने पहिरन हो । 
यसले स्मार्ट पनि देखाउँछ । यसमा पनि आफूले इच्छाएको रङ मिलाएर लगाउन सकिन्छ ।
लङ वानपिस, गाउन
फेसनेबल लङ वानपिस पनि अहिले लगाइने ड्रेस हो । सहजताका हिसाबले यो उत्तम रोजाइमा पर्छ ।
 त्यस्तै अहिले माथिबाट अलाइन वानपिस भएको पछाडि बाँध्न मिल्ने किसिमको गाउन पनि चलेको छ । यो विवाहितका लागि सानो दुपट्टासँग लगाउँदा राम्रो देखिन्छ ।
कुर्ती र जिन्स
युवती तथा किशोरीहरूले लगाउन रुचाउनेमध्ये कुर्ती र जिन्स पनि हो । कुर्तीलाई नयाँ स्टाइल दिएर लगाउन सकिन्छ । यसको बाउला फेसनेबल बनाएर क्लासिक लुक्स दिन सकिन्छ ।

कमेन्ट लोड गर्नुस