सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुविधा सम्पन्न निसर्ग अस्पताल सञ्चालनमा

२०७५ असार १६, ०६:३१

कैलालीको धनगढीमा सुविधा सम्पन्न नीजि अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो । झण्डै पाच करोड भन्दा बढी लगानीमा २५ शैय्याबाट अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालकले जनाएको छ । अस्पतालमा आईसियू, एनआईसियु, पिसिआईयुको व्यवस्था रहेको सञ्चालकले जनाएको छ । अस्पतालका अनुसार निजि क्षेत्रमा सञ्चालिक अस्पतालहरुमध्ये सेन्ट्रल अक्सिजन सप्र्ला, एयर, भ्याकुम पाईपलाईन पहिलो रहेको छ । अस्पतालले बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ÷फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, जनरल मेडिशिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।

अस्पतालले ईर्मेजेन्सी सेवामा विशेषज्ञ सेवा आवश्यक परेमा तत्काल डाक्टरको सहज उपलब्धता गराउने जनाएको छ । अस्पताल नयाँ र अत्याधुनिक सुविधाहरु थप्दै उत्कृष्ट स्वास्थ्य प्रदान गर्ने लक्ष्य रहेको अस्पतालका एमडि तथा वालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रले बताए । उनले अस्पताललाई स्तरोन्नति गरि निकट भविष्यमै ५० शैया पुर्याउने र सिटी स्क्यान सेवा शुरु गरिने बताए ।
 

कमेन्ट लोड गर्नुस