सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्तपालको फार्मेसीलाई असफल पार्न अस्पतालमै कार्यरत चिकित्सक सक्रिय (भिडियो रिर्पोट सहित)

२०७५ असार २२, ०७:०४

धनगढी उप–महानगरपालिका वडा नम्वर ९ का गोविन्दराज जोशी विहीवार अञ्चल अस्पतालमा उपचारपछि चिकित्सले दिएको पर्चा बोक्दै अस्पतालको फार्मेसीमा पुगे । चिकित्सकले उल्लेख गरेको कम्पनीको औसधी नभएको भन्दै फार्मेसीका कर्मचारीले जोशीलाई निजि औसधी पसलमा जान सुझाव दिए । फार्मेसी सञ्चालन भएपछि शुलभ मुल्यमा औसधी पाउला भन्ने आशा गरिएपनि त्यो आशा पुरा हुन नसकेको हो । 
जोशी मात्रै होईन सेती अञ्चल अस्पतालको फार्मेसीमा पुग्ने अधिकासं विरामी र तिनका कुरुवाको नियती यस्तै छ । चिकित्सकहरुले पर्चामा औसधी कम्पनीको नाम नै उल्लेख गरिदिने गरेका कारण विरामीले फार्मेसीबाट सस्तो मुल्यको औसधी किन्न पाएका छैनन् । चिकित्सकले उल्लेख गरेको कम्पनी बाहेक अन्य कम्पनीको औसधी ल्याए सन्चो नहुने भन्दै फर्काईदिने गरेको गुनासो पनि बढ्दै गएको छ । 
अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्य कर्मचारीको पनि निजि मेडीकलहरुमा लगानी भएका कारण उनीहरुले आफ्नो मेडीकलमा पाउने औधसीको कम्पनीको नाम नै पर्चामा लेखिदिने गरेका हुन् । सेती अञ्चल अस्पतालका फार्मेसी ईन्चार्ज भरत वहादुर कुँवर पनि सो कुरा स्वीकार गर्छ । 
सेती अञ्चल अस्पतालको फार्मेसीलाई असफल पार्न चिकित्सकहरु नै सक्रिय भएको आरोप लागेको छ । बिरामीहरुलाई आवश्यक पर्ने औषधी अस्पतालको फार्मेसीमा उपलव्ध भएपनि चिकित्सकहरुले विरामी र तिनका कुरुवालाई औधसी कम्पनीको नाम नै लेखर दिने गरेका कारण निजि औसधी पसलमा जान पर्ने बाध्यता रहेको छ । 
फार्मेसीलाई असफल पार्न अञ्चल अस्पतालका चिकित्सक मात्रै होईन त्यहाँ कार्यरत स्वास्थ्य कर्मचारी र फार्मेसीकै कर्मचारी पनि सक्रिय रहेको आसंका गरिएको छ । औधसीको कम्पनीको नाम चिकित्सकले लेख्नै नपाउने नियम भएपनि त्यस्को विपरीत चिकीत्सकले कम्पनीको नाम लेख्दै आएका छन् । 
अस्पतालको फार्मेसीका अनुसार डक्टरहरुले लेखेर दिएका औषधी मिलेपनि कम्पनी नमिलेपछि विरामी र तिनका कुरुवालाई औसधी फिर्ता गर्न पठाईदिने गरेका छन् । अस्पताल प्रशासन र विकास समितीलाई पनि चिकित्सक र अस्पतालमा कार्यरत स्वास्थ्य कर्मचारीको यो हर्कतको विषयमा राम्रै जानकारी छ । तर न अस्पताल विकास समिती न त अस्पताल प्रशासन नै यो विषयमा छलफल गर्न चाहन्छ । सेती अञ्चल अस्पतालको मेशु डाक्टर शजन केसीले चिकित्सकको बानी सुधार्न नसकेको स्वीकार गरे । 
सेती अञ्चल अस्पतालको फार्मेसीमा औसधी अभावको समस्या पुरानो भईसकेको छ । फार्मेसीलाई सुधार गर्ने भन्दै पटक–पटक अध्ययन भ्रमण गरिएपनि त्यस्को प्रभावकारीता देखिएको छैन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी मात्रै होईन फार्मेसीकै कर्मचारी पनि फार्मेसीलाई असफल पार्ने दाउमा लागेको आरोप लाग्दै आएको छ । 
 

कमेन्ट लोड गर्नुस