सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालका नर्सिङ कर्मचारीहरुलाई समान कामको असमान सेवा सुविधामा दिएर विभेद गरिदैं

२०७५ वैशाख ७, ०६:४३

सेती अञ्चल अस्पतालका नर्सिङ कर्मचारीहरुको सेवा सुविधामा विभेद गरिएको पाईएको छ । एकै तहमा कार्यरत नर्सिंग कर्मचारीहरुलाई कम वढी सेवा सुविधा र तलव दिने गरिएको छ ।

अस्पतालमा स्थायी, अस्थायी, विकास समिति, दैनिक ज्याल मजदुरी, आमा सुरक्षा कार्यक्रम अन्तर्गत कार्यरत कर्मचारीको सेवा सुविधा र तलव फरक फरक गरेर दिईदै आईएको छ । 

स्थायी कर्मचारीहरुले २२ हजादेखि साढे २५ हजारसम्म मासिक तलव पाउँदै आएका छन । तर विकास समितिले राखेका, दैनिक ज्यालदारी मजदुरीमा काम गरिरहेका र आमा सुरक्षा कार्यक्रम अन्तर्गत काम गरिरहेका नर्सिङ कर्मचारीहरुले १० देखि १५ हजार मात्रै मासिक तलव पाउँदै आएका छन ।

समान काम गर्दै आएको भएपनि कतिपय नर्सिङ स्टाफलाई कम सेवा सुविधा दिएर विभेद गरिरहेको कार्यरत कर्मचारीहरु नै वताउँछन । तर अस्पताल प्रशासनले भने स्वास्थ्य विभागले कम रकम पठाउने गरेका कारण आमा सुरक्षा कार्यक्रममा कार्यरत नर्सिङ कर्मचारीहरुलाई कम तलव दिदै आएको स्वीकार गरेको छ । अस्पतालका लेखा अधिकृत लोचनराज रेग्मीले विभागले कम रकम पठाउने र सोही अनुसार नै सम्झौता गरेर काम गराउने गरेको वताए ।  

सरकारले तोकेको सेवा सुविधा र तलव कार्यान्वयन गराउनुको सट्टा अञ्चल अस्पतालले त्यसको उल्लंघन गर्दै आएको छ । आफु निकटका कर्मचारीहरु भर्ना गरेका विकास समितीका पदाधिकारीहरुले असमान तलवको वारेमा कहिल्यै नवोलेको नर्सिङ कर्मचारीको गुनासो रहेको छ । 
 

कमेन्ट लोड गर्नुस