सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालको इमर्जेन्सी वार्ड रातभरी स्वास्थ्यकर्मी विहिन

विरामी तड्पिन बाध्य

फोटो : तिर्थराज भट्ट
फोटो : तिर्थराज भट्ट
२०७५ साउन ९, ०४:२१

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ की गौरी अधिकारलाई गयराती अत्याधिक ज्वरो आएपछि उपचारका लागि आफन्त र उनकै घरमा डेरा गरी बस्नेहरुले प्रदेश नम्वर ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताल पुगाए । मध्यरातको १२ बजे विरामी अधिकारीलाई बोकेरै अस्पताल पुगाउँदा एक जना डाक्टर इमर्जेन्सी वार्डमा थिए र चेकजाँचका लागि विरामीका कुरुवाहरुले अनुरोध गरे ।

डाक्टरले केहि बेरमै आफुले हेरीसकेको जवाफ दिए तर कुरुवा तिर्थराज भट्टका अनुसार टाढैबाट विरामीलाई हेरेका थिए, न जाँच गरे न के समस्या थियो त्यसको बारेमा नै जानकारी दिए । उनले भने, डाक्टर सापले ज्योतीषको जस्तै टाढैबाट विरामीलाई हेरेर चेकजाँच गरेको जवाफ दिए । 
तर अधिकारीको ज्वरो ठिक हुनुको सट्टा झन बढ्दै गएपछि इमर्जेन्सी वार्डमा ओजेटी गर्न आएका प्रशिक्षार्थि स्वास्थ्यकर्मी मात्रै थिए र उनलाई भएपनि चेकजाँच गरिदिन कुरुवाले आग्रह गरे ।

ति प्रशिक्षार्थि स्वास्थ्यकर्मीले अलिअलि हेरेजस्तो गरे र पर्चीमा एउटा औषधि पनि लेखिदिए । औसधी खरिद गर्नका लागि अस्पतालाको फार्मेसी पुगेका विरामीका कुरुवाले औसधी पाएनन्, अस्पताल वरिपरिका सवै निजि औषधि पसलमा पनि ति प्रशिक्षार्थि स्वास्थ्यकर्मीले लेखेको औसधि पाएनन् । 
उक्त औसधि कहाँ पाईन्छ भन्ने प्रश्न सोध्नका लागि फेरी इमर्जेन्सी वार्ड धाएका ति कुरुवाले त्यहाँ न चिकित्स्क भेटाए न प्रशिक्षार्थि स्वास्थ्यकर्मी भेटाए त न अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी नै । सेती अञ्चल अस्पतालको इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका सवै जना स्वास्थ्यकर्मीहरु सुत्न गईसकेका थिए । गयराती इमर्जेन्सी वार्डमा गौरीसंगै अन्य ४ जना विरामी पनि थिए तर एक जना पनि स्वास्थ्यकर्मी नहुँदा विरामीले तड्पिडुनको विकल्प थिएन् । 
यो त एउटा उदाहरण मात्रै हो सेती अञ्चल अस्पतालको इमर्जेन्सी वार्डमा राती ड्युटी भएका डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरु ११, १२ बजेदेखि नै सुत्न गईहाल्ने समस्याले विरामीलाई निकै समस्यामा पारेको छ । सोमवार सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका हेमराज भट्ट सेती अञ्चल अस्पतालको इमर्जेन्सी वार्डमा छट्पटाईरहेका थिए । तर इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीको अत्तोपत्तो नै थिएन् । 
यता सेती अञ्चल अस्पतालको इमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले भने रातीको समयमा २ जना चिकित्सक र २ जना प्यारा मेडीसीयनको ड्युटी रहने जानकारी दिए । रातीको समयमा स्वास्थ्यकर्मी ड्युटी छोडेर सुत्न जान्छन भन्ने विषयमा बोहरालाई पनि जानकारी छ तर कारवाहीको दायरामा ल्याउन सकेका छैनन् । 
२४ घण्टा नै सञ्चालन हुनुपर्ने इमर्जेन्सी वार्डमा देखिएको चरम लापरवाही अस्पताल प्रशासनले सुधार गर्न तिर ध्यान दिनै पर्छ । 

कमेन्ट लोड गर्नुस