सेती अञ्चल अस्पतालमा क्षयरोग केन्द्रले पठाएको अत्याधुनिक एक्सरे मेसिन फिर्ता पठाउने निर्णय
सेती अञ्चल अस्पतालमा राष्ट्रिय क्षयरोग केन्द्रले पठाएको अत्याधुनिक डिआर एक्सरे मेसिन फिर्ता पठाउने निर्णय गरिएको छ । सेती अञ्चल अस्पताल विकास समितीको मंगलवार बसेको बैठकले उक्त मेसिन फिर्ता पठाउने निर्णय गरेको हो । झण्डै एक करोड बराबरको उक्त एक्सरे मेसिन प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा नरहेको अवस्थामा राष्ट्रिय क्षयरोग केन्द्रले बैशाख १९ गते मात्रै उक्त मेसिन सेति अञ्चल अस्पताललाई पठाएको थियो ।