ट्रान्सफर्मर विग्रिएर तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा उपचारमा समस्या (भिडियो रिर्पोट)
अस्पताल प्रशासन र विकास समितिको चरम लापरवाही
प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएपछि उपचार सेवा पनि प्रभावित भएको छ । शुक्रबारदेखि अवरुद्ध भएको विद्युतका सेवा मर्मतका लागि कसैले पनि चाँसो नदेखाउँदा उपचार सेवा प्रभावित भएको हो । अस्पतालमा विद्युत नभएपछि शल्यक्रिया, एक्स–रे र प्रयोगशालामा हुने परिक्षण समेत प्रभावित भएका छन् । अञ्चल अस्पतालमा विद्युत सेवा प्रवाह गर्ने ट्रान्सफर्मरमा खराबी आएपछि अस्पतालमा विद्युत सेवा अवरुद्ध भएको छ ।
सेती अञ्चल अस्पतालमा विद्युत सेवा अवरुद्ध भएपछि सेवा प्रभावमा समस्या भएको हो । ट्रान्सफर्मरमा पटक– पटक सास्या आउन थालेपछि शुक्रबारबाट विद्युत सेवा पुर्ण रुपमा अवरुद्ध छ । प्रदेश नम्बर ७ का जनताको जनस्वाथ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा विद्युत अवरुद्ध भएको दुई दिन पुग्दा समेत मर्मका लागि भने कसैको पनि ध्यान नगएको वेल्डाडी गाउँपालिकाका अहिमान थापाले आरोप लगाए । विद्युत सेवा अवरुद्ध हुदा गर्मीले अस्पतालमा भित्र बस्न नसकिने अवस्था रहेको कतिपय बिरामी र तीनका कुरुवा बताउँछन । अन्य समयमा पनि अस्पतालमा बत्ती आउने जाने भइरहेको अवस्थामा अहिले त पुर्णरुपमा विद्युत नै बन्दा भएपछि बिरामीलाई समस्या भएको विरामीका आफन्तले गुनासो गरे ।
। बेला–बेला जेनेटर चलाईए पनि त्यसले सम्पर्ण अस्पतालमा आवश्यक विद्युतको खपत गर्न सकेको छैन् । विद्युत सेवा अवरुद्ध ह“ुदा प्रयोगशालामा हुने परिक्षण, आईसियु, एक्सरे र शल्यक्रिया सेवा समेत प्रभावित भएको छ । विद्युत नभएकै कारण कतिपय बिरामीहरुलाई वाहिर बठाउनुपर्ने अवस्था रहेको अस्पतालका ईमरजेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले बताए । अस्पताल विकास समितिका अध्यक्ष रिता बमले भने विद्युत अवरुद्ध भएको समस्याका विषयमा अनभिज्ञता प्रकट गरिन् । आफु काठमाण्डौ रहेको भन्दै अस्पतालको विद्युत समस्याका बारेमा त्यहाँका प्राविधिकहरुलाई थाहा हुने उनको भनाई छ ।
प्रदेश नम्बर सातको रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा अत्यावश्यक मानिएको विद्युत सेवा सञ्चालनमा पनि ठुलो लापरवाही देखिएको छ । अस्पतालको विकास गर्छु भन्दै राजनितिक नियुक्तीका साथ विकास समितीमा आउने पदाधिकारीले अस्पतालकै समस्याको बारेमा अनभिज्ञता प्रकट गर्नु सुहाउँदैन की ?