सेती अञ्चल अस्पतालमा माथिल्लो तहका चिकित्सकद्वारा प्रमुखको जिम्मेवारी सम्हाल्न अस्विकार
बर्षाैदेखि सेती अञ्चल अस्पतालमा कार्यरत ११ औँ तहका चिकित्सकहरुले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्न फेरी अस्विकार गरेका छन् । प्रदेश नम्वर ७ का ९ जिल्लाका वासिन्दाको जनस्वास्थ्यसंग जोडिएको सेती अञ्चल अस्पतालमा माथिल्लो तहका चिकित्सकहरुले मेडीकल सुपरिटेन्डेन्ट अर्थात मेसु बन्न अस्विकार गरेका हुन् । \
मेसुमा डाक्टर सजन केसीले छोडेपछि फेरी नवौ तहका डाक्टर कपिल गौतमलाई निमित्त मेसुको जिम्मेवारी दिईएको छ । तर ११ औँ तहका तीजन जना चिकित्सक कसैले पनि मेसु बन्न अस्विकार गरेका हुन् । डाक्टर गणेश वहादुर सिह सेवानिवृत भएपछि माथिल्लो तहका चिकित्सकहरुले मेसुको जिम्मेवारी सम्हाल्नबाट पन्छीएसंगै अहिले सम्म सेती अञ्चल अस्पतालमा उक्त समस्याको समाधान हुन नसकेको हो ।
डाक्टर सजन केसीले मेसुबाट राजिनामा दिएसंगै फेरी ११ औँ तहका चिकित्सकहरुलाई मेसु बनाउने चर्चा चल्यो तर ११ औँ तहका सवैले प्रमुखको जिम्मेवारी सम्हाल्नबाट अस्विकार गरिदिएको प्रदेश ७ को सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाका प्रमुख नरेन्द्र सिह कार्कीले बताए ।
अस्पतालका निमित्त मेसु डाक्टर कपिल गौतमका अनुसार चुस्त व्यवस्थापनको अभावमा सेती अञ्चल अस्पतालमा स्थापनाकालदेखिका दरबन्दी पुर्ती हुन सकेका छैनन भने, अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटीने समस्या बढ्दै गएको छ । डायलासीस, आईसीयु लगायतका सेवालाई प्रभावकारी बनायउन सकिएको छैन भने बेला–बेला फोहोर व्यवस्थापन, पानीको व्यवस्थापन, पार्कीङ व्यवस्थापनको समस्या पनि आउने गरेको छ ।
तल्लो तहका चिकित्सक कार्यालय प्रमुख हुन र माथिल्लो तहका चिकित्क प्रमुख हुन अस्विकार गर्दै आउने परिपाटीले अस्पतालको व्यवस्थापनमै ठुलो समस्या देखिएको छ । बाध्यताले निमित्तको जिम्मेवारी लिएको निमित्त मेसु डाक्टर कपिल गौतमको भनाई छ ।
डाक्टर सिहपछि मेसुको जिम्मेवारी पाउनुभएका ११ औँ तहका डाक्टर विसनसिह बोहराले अस्पतालमा नेतृत्व गर्ने ईच्छा नै व्यक्त गरेका छैनन् । त्यसपछि मेसुको जिम्मेवारी सहित अस्पतालमा आएका डाक्टर सुर्य वहादुर गुरुङ त विदा लिएर काठमाडौ गए तर अस्पतालमा फर्किएनन् ।
डाक्टर गुरुङले मेसुबाट छोडेपछि डाक्टर अशोक श्रृपाईलीलाई मेसुको जिम्मेवारी दिईयो उहाँले पनि आफ्नै खुसीले बर्ष दिन नपुग्दै राजीनामा दिए । पछिल्लो एक बर्षदेखि मेसुको जिम्मेवारी समहाल्दै आएका डाक्टर सजन केसीले पनि राजिनामा दिएका छन् । अस्पतालमा अहिले पनि ११ औँ तहका ६ जनाको दरबन्दी मध्ये दुई जना चिकित्सक डाक्टर विसनसिह बोहरा र हेमराज पाण्डेय कार्यरत छन भने काजमा डाक्टर अशोक श्रृपाईली पनि कार्यरत छन् ।
तर कसैले पनि मेसु भएर अस्पतालको व्यवस्थापन चुस्त बनाउन चाँसो दिएका छैनन् न त मन्त्रालयले माथिल्लो तहका चिकित्सकहरुलाई जिम्मेवारी दिएर पठाउन नै सकेको छ । ११ तहका डाक्टरहरु भएपनि उनीहरु काम गर्न असहज हुने भन्दै मेसु बनेर अस्पताल सुधार गर्न ईच्छुक नभएकाले नवौ तहका डाक्टरले मेसुको जिम्मेवारी दिईदै आएको छ ।
तल्लो तहका चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर माथिल्लो तहका चिकित्सकलाई चलाउन पर्ने समस्याले बेला–बेला विवाद पनि आउने गरेको छ । माथिल्लो तहका चिकित्सकहरुले विभिन्न कारणले मेसुको जिम्मेवारी सम्हाल्न अस्विकार गरेपनि नीजि मेडिकलमा समय दिन नसकीने भएकाले मेसु बन्नबाट अस्वीकार गर्दै आएको आसंका पनि गर्न थालिएको छ ।