सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पताल स्तरोन्नतीको मुद्धा फेरी चर्चामा

अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई

२०७५ साउन १२, ०७:१०

प्रदेश भरीका अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसंगै सेती अञ्चल अस्पताल स्तरोन्नतीको मुद्धा फेरी बहसमा आएको छ । अस्पताल विकास समितीलाई भंग गर्दै अव अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा छ । प्रदेश सरकारले भने ५ सय सैयाको बनाउनका लागि अध्ययन भईरहेको दावी गरेको छ । 
हुन त सेती अञ्चल अस्पताललाई तीन बर्ष अगाडी नै अध्ययन गरि तत्कालीन समयमा क्षेत्रीय अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उपयुक्त भएको ठहर गरिसकेको थियो । अहिले ५ सैयामा स्तरोन्नती गर्नका लासिग अध्ययन भईरहेको दावी प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले बताए । तर स्थापनाकालदेखि कै दरबन्दी पुर्ती नभएकाले स्तरोन्नतीको आश्वासन पुरा हुनेमा स्वयम अस्पताल प्रशासन पनि ढुक्क छैन् ।
प्रदेश ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा साढे तीन दशक पुरानो दरबन्दी समेत पदपुर्ती भएको छैन्। सेती अञ्चल अस्पतालमा ११ जना विशेषज्ञ सहित १८ जनाको दरबन्दी रिक्त छ । जस्ले गर्दा अस्पतालको सेवा प्रवाह सन्तोषजनक छैन र प्रदेशवासीहरु अन्य क्षेत्रका अस्पताल धाउन बाध्य छन् । अस्पताल प्रशासनले अस्पतालको यथार्त अवस्था पनि प्रदशेको सामाजिक विकास मन्त्रालयलाई बुझाईसकेकोसेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताए । 
अहिले प्रदेश नम्वर ७ का सामाजिक विकास मन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरु पनि हरेक कार्यक्रममा सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पतालको रुपमा स्तरोन्नती गर्ने दावी गर्दै आएका छन् । यसअघि चुनावमा पनि उम्मेदवारहरुले अस्पतालको स्तरोन्नती भईसकेको दावी गरेका थिए भने कतिपयले ५ सय सैयाको बनाउने आश्वासन बाडेका थिए । 
सेती अञ्चल अस्पताललाई तिन सय शैयाको बनाउने निर्णय मन्त्री परिषदले नै गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रचार गरिएको ९ महिना पुग्दा समेत अस्पतालले स्तरोन्नतीको पत्र पाएको छैन् । काग्रेस नेतृ आर्जु राणाले तीन सय सैयाको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ५ सय सैयाको प्रादेशिक अस्पताल वनाउने दावी गरेका थिए ।

अहिले पनि प्रतिनिधि सभा सदस्य राना तीन सय सैयामा आफ्नै पहलमा स्तरोन्नती भईसकेको दावी गर्छन तर त्यस्को आधिकारी जानकारी अस्पताल प्रशासनलाई छैन् । प्रदेश अन्तर्गत साबिकका अञ्चल अस्पताललाई प्रादेशिक रूपमा विकास गरिने निर्णय भएसंगै अन्य प्रदेशले स्तरोन्नतिको योजना बनाईसकेका छन् ।

मन्त्रालयहरुले अहिले अञ्चल अस्पतालको सेवा, जनशक्ति, पूर्वाधार, उपकरणको अवस्था अध्ययन गरिरहेका छन् । तर प्रदेश ७ मा भने प्रदेश सरकार स्थापना भएदेखि नै मन्त्रीदेखि मुख्यमन्त्री सम्मले सेती अस्पतालको अनुगमन गरेका छन, स्तरोन्नतकिा लागि ठोस पहल भएको छैन् 
 

कमेन्ट लोड गर्नुस